टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय

सारांश

  • २७ असोज, काठमाडौं ।
  • क्रिकेटमा द्विपक्षीय श्रृङ्खलाको औचित्य सकिएको आवाज उठिरहेका बेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले त्यसको सुनुवाई गरेको छ ।
  • अकल्याण्डमा सम्पन्न गभर्निङ बडीको बैठकको अन्तिम दिन टेष्ट च्याम्पियनसिप र एकदिवशीय लिगको प्रस्ताव अनुमोदन भएको छ ।

२७ असोज, काठमाडौं । क्रिकेटमा द्विपक्षीय श्रृङ्खलाको औचित्य सकिएको आवाज उठिरहेका बेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले त्यसको सुनुवाई गरेको छ । अकल्याण्डमा सम्पन्न गभर्निङ बडीको बैठकको अन्तिम दिन टेष्ट च्याम्पियनसिप र एकदिवशीय लिगको प्रस्ताव अनुमोदन भएको छ ।

सन् २०१९ को एकदिवशीय विश्वकप पछि टेष्ट बरियताका शीर्ष ९ टोलीले अपि्रल २०२१ सम्म टेष्ट विश्व च्याम्पियनसिपमा खेल्नेछन् । प्रतियोगिताको शीर्ष दुई टोलीले च्याम्पियनसिपको फाइनल खेल्नेछ ।

यद्यपि यो अझै फाइनल भइसकेको छैन कि च्याम्पियनसिपमा अंक प्रणाली लागू गरिन्छ कि अन्य प्रणाली हुन्छ ।

च्याम्पियनसिपमा सहभागी सबै टिमले २ वर्षको दौरान ३ होम र ३ अवे टेष्ट सिरिज खेल्नेछन् । सिरिजमा कम्तिमा २ देखि बढीमा ५ टेष्ट म्याच सामेल हुनेछ ।

त्यसैगरी एकदिवसीय लिग बरियताअनुसार १३ टोलीले खेल्नेछन् । सन् ०२०-२१ को सिरिज दुई वर्षको हुनेछ र ०२३ को एकदिवसीय विश्वकपपछि सिरिजलाई तीन वर्षमा विस्तार गरिनेछ ।

यसबीचमा प्रत्येक टोलीले आठ सिरिज खेल्नेछन्, प्रत्येक सिरिजमा बढीमा तीन खेल हुनुपर्नेछ ।

आईसीसीका अध्यक्ष शशांक मनोहरले भनेका छन्, ‘यो पहिलो पटक होइन कि आईसीसीले द्विपक्षीय क्रिकेटबारे चिन्ता गरेको । तर यो पहिलो पटक हो, आईसीसीले यसबारे कारबाही सुरु गरेको ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान
यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन  राज्यमन्त्री पुन
कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन राज्यमन्त्री पुन
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
यस्ता छन् भदौ २७ गते बसेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
यस्ता छन् भदौ २७ गते बसेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग
प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग