स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
३६ पटक हेरिएको
Shares
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विजयी

सारांश

  • काठमाडौँ ।
  • आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । स्कटल्याण्डले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा ग-यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान दिए । उनले एक सय १६ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ८५ रनको योगदान दिएका हुन् । त्यसैगरी कुशल मल्लले ८१ रनको योगदान दिए । उनले ६७ बल खेल्दै नौ चौका र चार छक्का प्रहार गर्दै ८१ रन बनाउन सफल भएका हुन् ।

यसैगरी सोमपाल कामीले अविजित २४ रन बनाए भने गुल्सन झाले १७ रन बनाए । कुशल भुर्तेलले १६ रन जोडे । आशिफ शेखले नौ, कप्तान रोहित पौडेलले छ, सन्दीप जोराले पाँच तथा ज्ञानेन्द्र मल्लले चार रन बनाए ।

बलिङतर्फ स्कटल्याण्डका मार्क वाट र क्रिस सोलेले समान तीन–तीन विकेट लिए भने माइकल लिस्कले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले व्याटिङको गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो । स्कटल्याडका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिएका थिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् ।

त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९–१९ रन जोडे । क्रिस ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यु क्रसले दुई रन मात्र बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट झारे भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए । नेपालले अब भोलि शनिबार नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी र इन्स्पेक्टर सेवाबाट हटेपछि निर्मलाका बुबा अामाले किनभने , कल्पनासमेत गरेका थिएनाैँ !
एसपी र इन्स्पेक्टर सेवाबाट हटेपछि निर्मलाका बुबा अामाले किनभने , कल्पनासमेत गरेका थिएनाैँ !
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने  !
पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने !
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
1xbet 1хбет: бонус при регистрации 25000 Обзор и отзывы о 1xbet. Ставки на футбол, теннис, бокс. Вход на 1 Икс Бе
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
थ्री नेसन्स कपः लाओसविरुद्ध नेपालको शानदार जित
थ्री नेसन्स कपः लाओसविरुद्ध नेपालको शानदार जित
बलिउड अभिनेत्रीको ठूलो खुलासा
बलिउड अभिनेत्रीको ठूलो खुलासा
अर्को वर्ष ३ सय पुल बन्छन् : मन्त्री महासेठ
अर्को वर्ष ३ सय पुल बन्छन् : मन्त्री महासेठ
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण