तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशीफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशीफल

सारांश

  • १.
  • मेष राशि साताको सुरुवात अनुकुल नरहला।
  • अनावश्यक यात्रा तथा खर्च हुनसक्छ।

१. मेष राशि
साताको सुरुवात अनुकुल नरहला। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यर्थको कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ। साताको मध्य अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। साताको अन्त्य तिर मानसिक असन्तोष पैदा हुनेछ। आफ्नो कुटुम्ब हरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला। कार्यसिद्धिमा बाधा अडचन आउनेछ। घाटा बाधा आदिको सामना गर्नुपर्ला। स्वास्थ्यमा प्रतिकूल असर आदि हुनसक्छ। पढाइमा मन जाँदैन।

२. बृष राशि
साताको सुरुवातमा व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ। साताको मध्य अनुकुल नरहला। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ। साताको अन्त्य तिर अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला।

३. मिथुन राशि
साताको सुरुवातमा कार्यसिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ। साताको मध्य तिर व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ। साताको अन्त्य तिर अनुकुल नरहला। तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ।

४. कर्कट राशि
साताको सुरुवातमा लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ। तपाईंको कार्य्सिद्धि हुनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ। साताको मध्य तिर कार्यसिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्य ले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ। साताको अन्त्य तिर व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ।

५. सिंह राशि
साताको सुरुवातमा स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग , घाटा ,आकास्मिक संकट आदिको भय रहन्छ। साताको मध्य तिर लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ। साताको अन्त्य तिर कार्य्सिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्य ले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ।

६. कन्या राशि
साताको सुरुवातमा धन लाभ हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला। साताको मध्य तिर स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग , घाटा ,आकास्मिक संकट आदिको भय रहन्छ। साताको अन्त्य तिर मानसिक चिन्ता र असन्तुष्टि रहला। व्यवसायमा आफूले सोचे जस्तो नहोला र राज्यबाट भय रहन्छ। स्वास्थ्यले साथ नदेला। यो समय अवधिमा धार्मिक स्थलको दर्शन गरी दानदक्षिणा दिनको लागि उत्तम हुन्छ।

७. तुला राशि
साताको सुरुवातमा मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्यायमा वृद्धि हुनसक्छ। साताको मध्य तिर धन लाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला। साताको अन्त्य तिर स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग, घाटा आकास्मिक संकट आदिको भय रहन्छ।

८.वृश्चिक राशि
साताको सुरुवातमा पढाइमा तथा प्रेममा सफलता, मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला। सन्तानबाट सन्तुष्टि प्राप्त होला। साताको मध्य तिर मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्यायमा वृद्धि हुनसक्छ। साताको अन्त्य तिर धन लाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला।

९. धनु राशि
साताको सुरुवातमा मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यात्राको सम्भावना पनि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। साताको मध्य तिर पढाइमा तथा प्रेममा सफलता, मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला। सन्तानबाट सन्तुष्टि प्राप्त होला। मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्याय मा वृद्धि हुनसक्छ।

१०. मकर राशि
साताको सुरुवातमा सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला । तपाईंको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ। साताको मध्य तिर मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। साताको अन्त्य तिर यात्रा कष्टकर रहला। मन अशान्त रहनेछ र पढाइमा पनि मन जादैन। निराशाजनक फल हात पार्न सक्ला।

११. कुम्भ राशि
साताको सुरुवातमा बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला। साताको मध्य तिर सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रम मा वृद्धि होला । तपाईंको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ। साताको अन्त्य तिर मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला।यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला।

१२. मीन राशि
साताको सुरुवातमा अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। साताको मध्य तिर बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला। साताको अन्त्य तिर सुख र धन प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रम मा वृद्धि होला।समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ।

ज्योतिषः गोपाल अधिकारी
९८१८७७०७७९

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?