डा. केसीलाई जोडेर गगनजी र मलाई नजुधाउनुहोला : योगेश भट्टराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
डा. केसीलाई जोडेर गगनजी र मलाई नजुधाउनुहोला : योगेश भट्टराई

सारांश

  • पछिल्लो समय डा.
  • गोविन्द केसीको अनसन चर्चामा छ ।
  • आफू र सरकारबीच भएको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै केसी अनसन बसेका हुन् ।

पछिल्लो समय डा. गोविन्द केसीको अनसन चर्चामा छ । आफू र सरकारबीच भएको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै केसी अनसन बसेका हुन् । यस विषयमा नेताहरुको विचार विभाजित भएको छ । पछिल्लो समय केसीको विरुद्धमा देखिएका नेकपाका नेता योगेश भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई गोविन्द केसीको विपक्षमा किन उत्रिनुभयो ?
गोविन्द केसीको पक्ष विपक्ष भन्ने प्रश्न नै होइन । उहाँले उठाएका जायज मागका पक्षमा छु । कतिपय गलत कुराको विपक्षमा छु ।

गोविन्द केसीले उठाएका मागमा गलत कुरा केके छ ?
केसीले चिकित्सा शिक्षा सुधारका नाममा आन्दोलन गर्दै आउनुभएको छ । उहाँले जुन ढंगले सुधारका कुरा गर्नुभएको छ, सँगसँगै निमिट्यान्न पार्न पनि खोज्नुभएको छ । केसीको सबै माग पूरा गर्ने हो भने नेपाली विद्यार्थीले नेपालमै पढ्न पाउँदैनन् । काठमाण्डौमा भए पनि मापदण्ड पुगेका मेडिकल कलेज संचालन गर्न दिनुहुँदैन भन्ने माग जायज छैन ।

केसीले त चिकित्सा शिक्षा क्षेत्रको आमुल परिवर्तनको कुरा गर्नुभएको छ नि ?
उहाँले भनेका जायज मागहरु चिकित्सा शिक्षा विधेयकमा आइसेकेको छ । काठमाण्डौभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने भन्ने पटकपटक उठाउनुभएको थियो । यो कुरा विधेयकमा समावेश भइसकेको छ । त्यसैगरी अन्य मागहरु प्नि विधेयकमा समावेश छ ।

अघिल्लोपटक केसीसँग भएको सम्झौताअनुसार विधेयक बनेन भन्ने केसीको आरोप छ नि ?
उहाँसँग भएको सहमतिको मर्म र भावना अनुसार नै विधेयक बनेको छ ।

माथेमा आयोगको प्रतिवेदन पनि लत्याइएको छ नि ?
सरकारले आयोग वा कार्यदल बनाउँछ । त्यसले सुझाब दिन्छ । तर त्यो सुझाब शतप्रतिशत पालना गर्नुपर्छ भन्ने त हुँदैन नि । हुबहु जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ भन्ने बाध्यता सरकारलाई हुँदैन । मुख्य पक्षलाई कार्यान्वयन गर्ने हो । माथेमा प्रतिवेदनलाई सम्मानका साथ भावना र मर्मअनुसार विधेयक तयार भएको हो ।

तर पछिल्लो समय तपाई गोविन्द केसीविरुद्ध आक्रामक किन हुनुभयो ?
गोविन्द केसी वौद्धिक व्यक्तित्व हो । म उहाँलाई सम्मान गर्छु । तर कतिपयले उहाँ र मलाई जुधाउन खोजिरहेका छन् ।

अनि तपाई किन जुध्नुभयो त ?
कतिपय घृणित ढंगले बहसमा उत्रिएका छन् । डा. केसीले अनसन बस्नुपूर्व जुन खालको भाषा शैली प्रयोग गरेर आक्रामक ढंगले आउनुभयो, त्यसको जवाफ दिनैपर्ने थियो । जवाफ दिने क्रममा हामीबाट पनि केही कडा शब्द प्रहार भए होलान् ।

तर गलत रुपमा जवाफ दिनुभयो भनेर गगन थापाले पनि आरोप लगाउनुभयो नि ?
गगनजी र मलाई पनि जुधाउन आवश्यक छैन । गगनजीले आफ्नो स्कुल अफ थटको प्रतिनिधित्व गर्नुहुन्छ, म आफ्नो । उहाँ कांग्रेसको नेता, म नेकपाको । हाम्रो पार्टी अलग छ । तर कतिपय कुरामा समानता छ । हामी सँगसँगै कतिपय कार्यक्रममा जान्छाँै । हिजो पनि गोरखाको एउटा कार्यक्रममा सँगै गएका थियौँ । तर विचार भनेको पार्टीगत पनि हुन्छ, त्यसैले नमिल्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’
शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’
हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु
हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त
नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त
डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !
डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
राष्ट्रियसभामा मनोनित सदस्य वामदेव गौतम सपथ लिने तयारीमा
राष्ट्रियसभामा मनोनित सदस्य वामदेव गौतम सपथ लिने तयारीमा
साना ७३ दलले आफ्नै चुनाव चिन्ह पाउने भए
साना ७३ दलले आफ्नै चुनाव चिन्ह पाउने भए

तपाईंले छुटाउनुभयो कि?