ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सारांश

  • बैतडी, १६ माघ ।
  • ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
  • मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिए ।

बैतडी, १६ माघ । ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिए ।

घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट एक्कासि आएको ढुंगाले सोमबार बेलुका राजुको घटनास्थलमै मृत्यु भएको हो भने राजुका श्रीमान् घाइते भएका छन् ।

सोमबार बेलुका ५ बजेतिर ढुंगाले च्यापिएकी राजुको शव राति ८ बजेमात्रै स्थानीयको सहयोगमा निकालिएको हो । महरा दम्पती सोमबार घर निर्माणका लागि ढुंगा निकालिरहेका बताइएको छ ।

(biergardenencinitas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?