ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड

सारांश

  • काठमाडौं ।
  • ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अवलोककर्ताको घुइँचो लागेको छ ।
  • ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको बताए ।

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अवलोककर्ताको घुइँचो लागेको छ । ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको बताए ।

लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा ‘लक्की ड्र’ मार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक, ब्लुतुथ हेडफोनको ‘लक्की ड्र’ मार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

सोचे भन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिव गुरुदत्त शर्माले अशोजको पहिलो हप्ताबाट दैनकि व्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।

मोबाइल पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ । हरेक बर्ष जस्तो यो बर्ष पनि दशंैदेखि तिहारसम्म हरेक दिन ‘लक्की ड्र’ मार्फत हरेक दिन मोबाइल, पावर बैंक लगायतका उपहारहरु वितरण गरिरहेको छ ।

मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वान प्लस, एमआइ, लेनेभो लगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार
भइरहेको छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै ‘लक्की ड्र’ मार्फत बिजेतालाई बितरण गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?