प्रहरी अधिकृतहरुका लागि ‘मोटिभेसनल क्लास’ (हेर्नुहोस् ९ तस्बिरमा)
सारांश
- काठमाडौं, पुस २१ ।
- सशस्त्र प्रहरी बल, काठमाडौंले आज (शुक्रबार) आफ्ना अधिकृतहरुको लागि एकदिने ‘मोटिभेसनल क्लास’को आयोजना गरेको छ ।
- सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीको संयोजकत्वमा सशस्त्र मुख्यालय, हलचोकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
काठमाडौं, पुस २१ । सशस्त्र प्रहरी बल, काठमाडौंले आज (शुक्रबार) आफ्ना अधिकृतहरुको लागि एकदिने ‘मोटिभेसनल क्लास’को आयोजना गरेको छ । सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीको संयोजकत्वमा सशस्त्र मुख्यालय, हलचोकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
‘मोटिभेसनल क्लास’ मा अधिकृत स्तरका करिब २०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक सुधन ज्ञवालीले सहजकर्ताको भूमिका निभाएका थिए ।
‘जिम्मेवारी, संस्थाप्रतिको उत्तरदायित्व र परिवर्तनको सुरुवात आफैँबाट’ भन्ने मुख्य शीर्षक रहेको उक्त कार्यक्रम करिब ३ घण्टा सञ्चालन भएको थियो ।
सहजकर्ता ज्ञवालीले विभिन्न उदाहरण, आफ्नै कथालाई समेटेर कार्यक्रममा प्रस्तुत गरेका थिए । राष्ट्रको शान्ति सुरक्षा, सीमालगायतको जिम्मेवारी बोकेको उक्त सुरक्षा फौजले इमान्दारिता, कर्तव्यनिष्ठा र आफ्ना व्यक्तिगत स्वार्थहरुभन्दा माथि उठेर देशका लागि योगदान गर्ने एउटा ठूलो अवसर भएको ज्ञवालीले कार्यक्रममा बताएका थिए ।
उक्त कार्यक्रममा अधिकृतहरुले आफ्नो जिम्मेवारी, कामकर्तव्यलगायतका विषयमा यो कार्यक्रमले थप सहयोग र हौसला बढ्ने धारणा राखे ।
कार्यक्रमको समापनमा एआईजी केसीले आजको कार्यक्रम निष्ठापूर्वक काम गर्न चाहने अधिकृतहरुको लागि एउटा कोसेढुंगा साबित हुने बताए । सहभागिहरुले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएमा आफूहरुमा उत्साह, जोसजाँगर बढ्ने र राष्ट्रहितको पक्षमा काम गर्नको लागि थप बल पुग्ने बताए ।

प्रतिक्रिया