सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज बसेको सर्वदलीय बैठक सकिएको छ ।
  • साँझ बालुवाटारमा बसेको बैठकमा महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो ।
  • बैठकपछि संचारमाध्यमलाई नेताहरुले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज बसेको सर्वदलीय बैठक सकिएको छ । साँझ बालुवाटारमा बसेको बैठकमा महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो ।

बैठकपछि संचारमाध्यमलाई नेताहरुले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल भएको छ । नेकपा नेता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षा कायम गर्ने विषयमा दलका नेताहरुले चासो राखेको बताए ।

त्यसैगरी संघीयता कार्यान्वयनको विषयमा पनि गहन छलफल भएको श्रेष्ठले बताए । विभिन्न विधेयकहरुमा देखिएको विवादका विषयमा पनि छलफल भएको थियो ।

आजको छलफल निकै फलदायी भएको नेताहरुले बताएका थिए ।

त्यसैगरी संविधान कार्यान्वयनमा सबै दल एकजुट हुनेपर्ने विषयमा पनि छलफल भएको थियो । त्यसैगरी प्रधानमन्त्री केपी ओलीले आफू स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको जानकारी गराएका थिए । सर्वदलीय बैठक भोली ५ बजे फेरी बस्ने भएको छ ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल सहभागी थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी थिए । यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी थिए ।

सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा गएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?