तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
सारांश
- काठमाडाै, २२ वैशाख ।
- वैशाख १३ गतेदेखि जुम्लामा सुरु भएको प्रादेशिक कृषि, पर्यटन औधोगिक व्यापार महोत्सवमा प्रस्तुती दिन पुगेकी ज्योती मगरलार्इ चन्दननाथ नगरपालिका जुम्लाले गुन्यूचोली उपहार दिएकाे छ ।
- उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा भएको महोत्सवमा शुक्रवार ज्योति मगरको प्रस्तुति थियो ।
काठमाडाै, २२ वैशाख । वैशाख १३ गतेदेखि जुम्लामा सुरु भएको प्रादेशिक कृषि, पर्यटन औधोगिक व्यापार महोत्सवमा प्रस्तुती दिन पुगेकी ज्योती मगरलार्इ चन्दननाथ नगरपालिका जुम्लाले गुन्यूचोली उपहार दिएकाे छ ।
उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा भएको महोत्सवमा शुक्रवार ज्योति मगरको प्रस्तुति थियो । प्रस्तुतिको क्रममा चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले गायिका मगरलाई नेपाली गुन्यूचोलोको उपहार दिएकी हुन ।
मेयर सेजुवालले नेपाली कला संस्कृतिलार्इ बचाउन कलाकारकाे ठुलाे हात रहने भन्दै बिषेश गरेर देउडा संस्कृतिलार्इ बचार्इराख्न अाफुले गुन्यूचोली उपहार दिएकाे बताइन ।
सेजुवालले भनिन्, ‘भाषाको उदगम स्थल, संस्कृतिको मुहान जुम्ला जिल्ला भएको हुँदा चन्दननाथ नगरपालिकाबाट धोती चोलो लगाउन उपहार दिएको हो ।’ उनले हाम्रो पहिरन यूरोपियन मुलुकको जस्तो नभई हाम्रो माटो र भूगोल सुहाउँदो हुनुपर्छ भन्दै ज्योति मगरलाई आग्रह गरेकाे पनि बतार्इन, ‘संस्कृतिलाई संरक्षण गर्न भन्दै उपहार दिएको हुँ ।’ कार्यक्रम छाडा नहाेस भनेर अाफुले त्यस्ताे गरेकाे बताउँदै सेजुवालले भनिन ‘उपहार दिएपछि जुम्लाका महिलाहरू सबै खुशि भए ।’
मेयर सेजुवालले अाफुले सबैसंग छलफल र समन्वय गरेर उक्त उपहार दिएकाे बताइन। सेजुवालले सेजुवालले शिखरन्युजलार्इ भनिन ‘मैले कला संस्कृतिलार्इ बचाउनु पर्छ युराेपिएन संस्कृतिलार्इ भित्राएर अाफ्नाे संस्कृति बिर्सेर छाडापन नगरियाेस भनेर याे उपहार दिएकाे हुँ ।’ तर ज्योति मगरले कार्यक्रममा जे भनिन त्याे गलत साेचका साथ भनेकि रैछिन। मैले महिला भएर महिलालार्इ दवाब दिएकाे भनेर साेच्नु मगरकाे साेचार्इ गलत हाे ।’
उपहार स्विकार गरेपछि गायीका ’ मगरले सेजुवाललार्इ व्याङग्य गर्दै भनेकि थिइन ‘एकदम बाठी हुनुहुँदो रहेछ मेयर, यो इन्डाईरेक्ट दबाब पनि हो ।’
पछिल्लाे समय गायीका मगरलार्इ छाडापन बढिहाबि भएकाे भन्दै मेला महाेत्शवमा बन्देज लगाएकाे संचारमाध्यमले प्रकाशन प्रसारण गर्दै अार्इरहेका छन ।
महोत्सवको सवै दिनहरु मध्य शुक्रवार ५ हजारभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएकोछ ।
मोहत्सवमा नायक निखिल उप्रेती, देउडा तथा लोक गायक रेखा जोशी , प्रकाश सोनी, पाँडे, जिक्री लगायत चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका छन् ।
वैशाख १३ गतेदेखी संचालन भएकाे महाेत्सव २३ गते अाइतवार (भाेलि) समाप्त हुने मेयर सेजुवालले बतार्इन ।
Dipesh GM
सरस्वती लामालाई पनि दिनूपर्यो।।
Shiva Raj Bharati
सुंगुर लाई स्वर्ग जा भन्दा आची खान पाइन्छर भन्थ्यो रे ज्योति मगर लाई के पच्थ्यो गुन्यु।चोलि
Tejtilak Karki
गुन्युचोलिको लालचमा सबै ज्योती दिद्जु जस्ती होलिनी नदिइस्यो हजुर
Kapil Gorkhali
धन्यवाद नारीलाइ चापी
Ashok Rayamajhi
thik garnu bho
उदय पुरी
Good
Ratna Dong
Honi sachchai nai uchcha padma basnu hune neta jyu harule yasarinai kadam agadi badaunu paryo xata pan harulai