त्रास देखाएर उठेका ‘डन’ हरू अल्पायुमै लास बनेर सक्किन्छन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
त्रास देखाएर उठेका ‘डन’ हरू अल्पायुमै लास बनेर सक्किन्छन !

सारांश

  • काठमाडौं, १२ वैशाख ।
  • डन !
  • आम साधारण यस्तो शव्द सुन्नासाथ त्रसित हुन्छन् ।

काठमाडौं, १२ वैशाख । डन ! आम साधारण यस्तो शव्द सुन्नासाथ त्रसित हुन्छन् । कुनै न कुनै रूपमा अपराध कर्मसँग जोडिने व्यक्तिलाई नेपालमा डन भनेर चिन्ने गरिन्छ । नेपाल प्रहरीको भाषामा यी ‘गुन्डा’ हुन् । चुल्ठे मुन्द्रे र तस्कर हुन् ।

राजनीतिक आडमा अपराध कर्मलाई बलियो बनाउँदै ठूला ठेक्कापट्टामा लगानी गरी अकुत सम्पत्ति भित्राउने, क्यासिनो, मिटरव्याजमा लगानी गरी एकको चार गुणा हिसाबकिताब लिनेलाई पनि डन भन्ने गरिएको छ ।

यस्ता डनको आयु कति हुन्छ ?

चार वर्षको आँडकलाई हेर्ने हो भने त्रास देखाएर सम्पत्ति आर्जन गरी युवाहरूको झुन्ड बोक्ने गुन्डाहरूको आयु लामो देखिँदैन । अपराध कर्म गरेर सर्वसाधारण, व्यापारी र कहिलेकाहीँ राजनीतिज्ञसम्मलाई दिक्क लगाउने गुन्डाहरू सामान्य अवस्थामा मारिएका छन् ।

युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि एकाएक चर्चामा आएका ‘डन’ मनोज पुनः लामो समयसम्म बाँच्न सकेनन् । प्रहरीले उनलाई खोजेर गोली ठोक्यो । डिएसपी कुमोद ढुंगेलको टोलीले पुनलाई इन्काउन्टरमा मारेको थियो । सहयोगी सोम आलेसहित देखिएका पुनको अपराध कनेक्सन तिवारीसँगै बुटवलका व्यापारी र निर्माण व्यावसायी संघका अध्यक्ष शरद गौचन हत्यासम्म जोडिएको थियो ।

तीन वर्ष अघि काठमाडौंको भिमढुङ्गामा डन दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर टिममा पनि ढुंगेल थिए । एमाले धादिङका सदस्य समेत रहेका अधिकारीले विभिन्न व्यक्तिलाई धम्क्याउन थालेपछि उनलाई मारियो ।

२१ साउन, २०७१ मा चरीको इन्काउन्टर भयो । यो इन्काउन्टरसँग मोडल खुश्वु ओली र नेकपा एमालेका विभिन्न नेताहरूको कनेक्शन पनि जोडिएको थियो ।

३ भदौ, २०७३ मा मारिए अर्का नामुद डन कुमार श्रेष्ठ ‘घैंटे’ । काठमाडौंको सामाखुसीमा प्रहरीको गोली लागेर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भयो । कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समुहबीच केहीबेर भिडन्त भएको थियो ।

सामाखुसीमा महानगरीय प्रहरी अपराध महाशाखाको सर्च अभियानका क्रममा घैंटेको टोलीले फायर खोलेपछि प्रहरीले जवाफी कारवाही गरेको बताइयो । अहिलेका प्रहरी प्रमुख सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएका बेला घैंटे इन्काउन्टरमा मारिए । सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने लगायतका गतिविधिमा संलग्न भएको, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो ।

घैंटेसँग कांग्रेसका नेताहरूको कनेक्शन थियो । जगदिरश्वर नरसिंह केसी र नेता गगन थापाको नाम घैंटेसँग जोडिएर आयो । राजनीतिक नेतृत्वसँग बारम्बार नाम जोडिए पनि यस्ता व्यक्ति त्रास देखाएर उठेका हुन्छन् । एक प्रहरी अधिकारी भन्छन्,‘पापको भाँडो पनि लामो समयसम्म टिक्दैन भन्ने धार्मिक भनाइका उदाहरण हुन् मारिएका गुन्डाहरू । मारिएपछि भावुक कुरा गर्नेहरूले कति त्रास खेपेका थिए भन्ने प्रहरीमा परेको उजुरीले देखाउँछ ।’

मारिनबाट जोगिए र जो जेलको हावा खाँदैछन्

नेपालमा डनगिरी दुइटा समुहमा केन्द्रीत थियो । राजिव गुरूङ (दिपक मनाङे) र मिलन गुरूङ (चक्रे मिलन) । यहि समुहका विभिन्न हाँगाविगाबाट फस्टाएकाहरू थिए अन्य ।

केही साता अघिमात्र मनाङको प्रदेश सभामा निर्वाचित भएका डन दिपक मनाङेलाई पुरानो मुद्दाका आधारमा अदालतले जेल पठाएको छ । प्रहरीले पक्राउ गरी उनलाई डिल्लिबजार कारागार पठाइसकेको छ ।

त्यसअघि इन्काउन्टर नै गर्न खोजिएका डन गणेश लामालाई हात हतियार खरखजाना मुद्दा लगाएर जेल पठाइयो । इन्काउन्टरको तयारी गरिए पनि अनुकुलता नमिल्दा भारतबाट पक्राउ गरी नेपाल झिकाइएका रमेश बाहुन पनि जेलमा छन् ।

निर्माण व्यावसायी शरद गौचनको हत्या अभियोगमा काभ्रेली समुहका समिरमान बस्नेतलाई पनि जेल पठाइएको छ । समाजमा त्रास फैलाउने काममा सक्रिय रहेका कारण जेल पठाइएका यी डनहरूलाई प्रहरीले अहम् मौकामा इन्काउन्टर गर्ने तयारी नगरेको होइन । तर अनुकुलता नमिलेका कारण पक्राउ गरी जेल पठाइएको बताइन्छ ।

दैनीक नेपाल बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका मेयर उम्मेदवारको गाडीमाथि तोडफोड
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !
देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !
कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही
कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
बाघको आक्रमणबाट मृत्यु
बाघको आक्रमणबाट मृत्यु
उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि
उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने