त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
३२ पटक हेरिएको
Shares
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन

सारांश

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ ।
  • सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
  • त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताउनुभयो ।

‘‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’’, उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ ।’’ कोभिड १९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो ।

वार्षिक परीक्षा सञ्चालन हुने

उहाँले वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिने जानकारी दिनुभयो । परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले बन्दाबन्दी हटेपछि नियमित परीक्षा गरिने बताउनुभयो । ‘‘अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ ।’’ त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो ।

यसैगरी पनिकाले बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो । उहाँका अनुसार स्नातक तहका व्यवस्थापन सङ्काय, मानविकि सङ्काय, शिक्षा र विज्ञान सङ्कायका द्वितीय वर्ष तथा कानून सङ्काय स्नातक र स्नातकोत्तर तह तथा मानविकी सङ्कायका स्नातकोत्तर तहका पाँच विषयमा परीक्षाफल प्रकाशित गरिएको छ । यसैगरी उहाँले चाँडै नै स्नातक तह व्यवस्थापन र मानविकि सङ्कायको प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित गरिने जानकारी दिनुभयो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु
हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु
लागुऔषध र हतियार सहित ७ जना पक्राउ
लागुऔषध र हतियार सहित ७ जना पक्राउ
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय
दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु
भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !
भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ

तपाईंले छुटाउनुभयो कि?