भारतद्वारा पाकिस्तानमाथि आक्रमण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
भारतद्वारा पाकिस्तानमाथि आक्रमण

सारांश

  • बीबीसी।
  • पाकिस्तानी सेनाले भारतीय वायु सेनाले भारत–पाक नियन्त्रण रेखा (एलओसी) को उल्लघंन गर्दै पाकिस्तानको सीमामा घुसपैठ गर्ने कोशिश गरेको दाबी गरेको छ।
  • भारतीय संचारमाध्यमले इण्डियन एयर फोर्सको सुत्रलाई उद्धृत गर्दै भारतका लडाकु विमानले विहान साढे तीन बजे बालाकोटको नजिकै जैश–ए–मोहम्मदको एक क्याम्पमा आक्रमण गरी ध्वस्त बनाएको उल्लेख गरेका छन्।
बीबीसी। पाकिस्तानी सेनाले भारतीय वायु सेनाले भारत–पाक नियन्त्रण रेखा (एलओसी) को उल्लघंन गर्दै पाकिस्तानको सीमामा घुसपैठ गर्ने कोशिश गरेको दाबी गरेको छ।
भारतीय संचारमाध्यमले इण्डियन एयर फोर्सको सुत्रलाई उद्धृत गर्दै भारतका लडाकु विमानले विहान साढे तीन बजे बालाकोटको नजिकै जैश–ए–मोहम्मदको एक क्याम्पमा आक्रमण गरी ध्वस्त बनाएको उल्लेख गरेका छन्।
तर भारतले अहिलेसम्म अधिकारिक रुपमा कुनै पनि कारवाहीको पुष्टि गरेको छैन।  कांग्रेस अध्यक्ष राहुल गान्धीले वायुसेनालाई बधाइ दिँदै ट्विट गरेका छन्। उनले लेखेका छन्, ‘म भारतीय वायुसेनाका पाइलटलाई सलाम गर्छु।’
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्विट गर्दै मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठको कोशिश गरेपछि पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको बताएका छन्।
उनले ट्विट गर्दै भनेका छन्, ‘भारतीय विमानहरुले मुजफ्फरबाद सेक्टरबाट घुसपैठ गरेका छन्। पाकिस्तानी वायु सेनाकातर्फबाट तत्काल अझै प्रभावकारी कारवाही गरेपछि उनीहरु भागे। भाग्ने क्रममा उनीहरु आत्तिएर केही बम पनि विस्फोट गराएका छन्। जो बालाकोट नजिकै खसेका छन्। यसबाट कुनै क्षति भएको जानकारी आएको छैन।’
पाकिस्तानीको यस्तो दाबी त्यतिबेला सार्वजनिक भएको छ, जतिबेला भारत र पाकिस्तानबीच पुलवामा आक्रमणलाई लिएर तनाव उत्कर्षमा पुगेको छ।
१४ फेब्रअरीमा भएको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षाबललाई कारवाही गर्न छुट दिएको बताएका थिए। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमाथि आक्रमण भए पाकिस्तानले पनि जवाफी कारवाही गर्ने बताएका थिए।

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ म्याराथन यही पुस पाँच गते हुने
काठमाडौँ म्याराथन यही पुस पाँच गते हुने
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
सलमान खानलाई च्यालेञ्ज दिने बलिउड हिरोइन !
सलमान खानलाई च्यालेञ्ज दिने बलिउड हिरोइन !
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण
कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण