रेडक्रसलाई एम्बुलेन्स प्रदान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
रेडक्रसलाई एम्बुलेन्स प्रदान

सारांश

  • कञ्चनपुर, २० भदौ ।
  • नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका–संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गर्नुभएको छ ।
  • निर्वाचन क्षेत्र विकास कोषको रु १० लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिएको हो ।

कञ्चनपुर, २० भदौ । नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका–संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गर्नुभएको छ ।

निर्वाचन क्षेत्र विकास कोषको रु १० लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिएको हो ।

रेडक्रसको स्थापना दिवसका अवसरमा सोमबार पूर्व मन्त्री लेखकले एम्बुलेन्स प्रदान गर्नाका साथै उद्घाटन गर्नुभएको हो ।

एम्बुलेन्सको उद्घाटन गर्दै उहाँले रेडक्रसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सबैले परोपकारी सङ्घसंस्थालाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?