७३ वर्षअघिको प्रेमपत्र भेटियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
७३ वर्षअघिको प्रेमपत्र भेटियो

सारांश

  • बेलायतको म्यासाचुसेट शहरमा एउटा घरको भित्ताभित्र ७३ वर्षअघि लेखिएको प्रेमपत्र फेला परेको छ ।
  • सहरको एउटा घर पुनर्निर्माण गर्ने क्रममा घरको पर्खाल भत्काइएको थियो ।
  • पर्खालभित्र हातले लेखेको एउटा पत्र पाइएको थियो ।

बेलायतको म्यासाचुसेट शहरमा एउटा घरको भित्ताभित्र ७३ वर्षअघि लेखिएको प्रेमपत्र फेला परेको छ । सहरको एउटा घर पुनर्निर्माण गर्ने क्रममा घरको पर्खाल भत्काइएको थियो । पर्खालभित्र हातले लेखेको एउटा पत्र पाइएको थियो । सो पत्र एकजना पुरुषले प्रेयसीका नाममा लेखेका हुन् । सो घर पटक–पटक खरिद–बिक्री भइसकेकाले पत्र लेख्ने व्यक्ति को हो भन्ने पत्ता लागेको छैन ।

बेलायती पत्रिका ‘डेली मेल’का अनुसार पत्र लेख्ने व्यक्ति पत्ता लगाउने जमर्को म्यासाचुसेट प्रहरीले गरिरहेको छ । पत्र लेख्ने व्यक्तिले आफ्नो नाम वाल्टर बताएका छन् । पूरा नाम चिठीमा खुलाइएको छैन । सन् १९४४ को अप्रिल १९ मा दोस्रो विश्वयुद्ध समाप्त हुनुभन्दा केही महिनाअघि चिठी लेखिएको हो । ग्रिनफिल्डनिवासी बेट्टी मिलरलाई सम्बोधन गर्दै चिठी लेखिएको छ।

‘प्रिय बेट्टी, मैले सदैव तिमीलाई सम्झिने गरेको छु । अन्य युवतीभन्दा बढ्ता तिमीलाई नै सम्झिने गरेको छु । तिमीप्रतिको मेरो त्यो भावना अझै कायम छ,’ चिठीमा लेखिएको छ । चिठी लेख्ने व्यक्ति को हो र चिठीलाई किन र कसले पर्खालभित्र राख्यो भन्नेबारे प्रहरीले समेत चासो देखाएको छ । म्यासाचुसेट प्रहरीले आफ्नो फेसबुक पेजमा सो पत्र राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
फाइनल खेलमा युएईसँग नेपाल पराजित
फाइनल खेलमा युएईसँग नेपाल पराजित
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड
आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड
बामदेवले धोका दिएको प्रचण्डको निष्कर्ष
बामदेवले धोका दिएको प्रचण्डको निष्कर्ष
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर
चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर
मोदी आउँदा ग्रेटर नेपालका अध्यक्ष पक्राउ
मोदी आउँदा ग्रेटर नेपालका अध्यक्ष पक्राउ