दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
सारांश
- काभ्रे, १९ साउन ।
- काभ्रेको पनौती नगरपालिका वडा नं ७ मा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रम लाई लत्ताकपडा वितरण गरिएको छ ।
- शनिबार युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाले उक्त वृद्धाश्रमलार्इ १५ थान ब्ल्याङकेट, सिरक ५ थान, २६ डस्ना, ६ थान झुल र ६ पिस सल लगायतका लत्ताकपडा वितरण गरेका हुन् ।
काभ्रे, १९ साउन । काभ्रेको पनौती नगरपालिका वडा नं ७ मा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रम लाई लत्ताकपडा वितरण गरिएको छ । शनिबार युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाले उक्त वृद्धाश्रमलार्इ १५ थान ब्ल्याङकेट, सिरक ५ थान, २६ डस्ना, ६ थान झुल र ६ पिस सल लगायतका लत्ताकपडा वितरण गरेका हुन् । लत्ताकपडा वितरण कार्यक्रममा लामाले युवा संघ नेपालको जेठ १ गते स्थापना दिवसको अवसरमा आयोजित सरसफाइ तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा बोलेको वाचालाई पूरा गरेकाे पनि बताए ।
लामाले भने ‘उक्त दिन वृद्धहरुलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार वृद्धाश्रमलाई आवश्यक लत्ताकपडा हस्तान्तरण गरिएकाे हाे। कार्यक्रममा अतिथिहरु युवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा ,जिल्ला उपाध्यक्ष सागर रायमाझी , जिल्ला कोषाध्यक्ष सौगात बस्नेत लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले भने ,“ भगवान खोज्न मन्दिर जानू पर्दैन । दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो ।
प्रतिक्रिया