भूत हेर्न गएका २ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
भूत हेर्न गएका २ जना पक्राउ

सारांश

  • काठमाडौं, माघ २४ ।
  • ‘भूत आतंक’ ले देश तातिरहेको बेला प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
  • भूत हेर्न भनेर ललितपुरको टिकाथलीस्थित भूत घर पुगेका दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो ।

काठमाडौं, माघ २४ । ‘भूत आतंक’ ले देश तातिरहेको बेला प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भूत हेर्न भनेर ललितपुरको टिकाथलीस्थित भूत घर पुगेका दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो ।

भूतबारे अफवाह समाचार फैलाएको भन्दै एसपी मिरा चौधरीको कमाण्डमा पुगेको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत, सातदोबाटोमा राखिएको र सोधपुछ थालिएको बताइएको छ ।

त्यस्तै मंगलबार राति ११ बजे ट्रिप्परले पैदलयात्रुलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन् । घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?