नेकपा एकता किन स्कुल विभागमा गएर अड्कियो ?
सारांश
- एकीकृत पार्टीको राजनीतिक कार्य्दिशा के हुने भन्नेमा केही समयअघि नेकपामा चर्किएको विवाद अहिले स्कुल विभागको नेतृत्व कसले गर्ने भन्नेमा पुगेर ठोक्किको छ।
- ‘जनताको बहुदलीय जनवाद’ राजनीतिक कार्य्दिशा रहेको तत्कालीन नेकपा एमाले र ‘२१ औँ शताब्दीको जनवाद’ लाई राजनीतिक कार्य्दिशा बनाएको तत्कालीन माओवादी केन्द्रबीच महाधिवेशनमै यसबारे बहस गर्ने गरी पार्टी एकता भएको थियो।
- अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादलाई कार्य्दिशा बनाएर जाने सहमति त्यतिबेला भएको थियो।
एकीकृत पार्टीको राजनीतिक कार्य्दिशा के हुने भन्नेमा केही समयअघि नेकपामा चर्किएको विवाद अहिले स्कुल विभागको नेतृत्व कसले गर्ने भन्नेमा पुगेर ठोक्किको छ।
‘जनताको बहुदलीय जनवाद’ राजनीतिक कार्य्दिशा रहेको तत्कालीन नेकपा एमाले र ‘२१ औँ शताब्दीको जनवाद’ लाई राजनीतिक कार्य्दिशा बनाएको तत्कालीन माओवादी केन्द्रबीच महाधिवेशनमै यसबारे बहस गर्ने गरी पार्टी एकता भएको थियो। अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादलाई कार्य्दिशा बनाएर जाने सहमति त्यतिबेला भएको थियो।
तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशनका क्रममा कार्य्दिशा के राख्ने भन्नेमा विवाद चर्किएपछि सचिवालयबाट पारित भइसकेको उक्त प्रतिवेदन अहिले अलपत्र छ। एकसाताको संशयपछि दुई अध्यक्षबीच पार्टी एकताका क्रममा तय भएको अन्तरिम कार्य्दिशा जनताको जनवादमै एकमत बनेको थियो।
पार्टीको तल्लो तहसम्मलाई वैचारिक रुपमा प्रशिक्षित गर्न सक्ने यो विभाग कसले लिने भन्नेले पार्टीको भावी आधिकारिक ‘लाइन’ निर्धारणमा महत्वपूर्ण भूमिका हुने बुझेको नेकपा नेतृत्वले यसमा गम्भीर चासो राखेको छ। जसका कारण ओलीपक्षले विभागमा ईश्वर पोखरेललाई अघि सारेको छ भने दाहालपक्षले नारायणकाजी श्रेष्ठलाई विभागको जिम्मेवारी दिने अडान राखेको छ।
ओली र दाहालबीच विभागको नेतृत्व आफूपक्षलाई दिन कसरत भइरहेका बेला विकल्पका रुपमा झलनाथ खनालको पनि नाम चर्चामा आएको छ।
ओली-प्रचण्ड अडान
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधान तथा रक्षामन्त्रीसमेत सचिवालय सदस्य ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिने अडानमा छन्। बुधबार साँझ ओली र पोखरेलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलसमेत भएको छ।
तर तत्कालीन माओवादी केन्द्रका नेताहरू स्कुल विभागमा पोखरेललाई मान्ने पक्षमा देखिँदैनन्। ‘ईश्वर कमरेड जनताको बहुदलीय जनवादको प्रखर पक्षधरका रुपमा आउनुभएको छ’, दाहालनिकट स्रोत भन्छ, ‘एकताको स्पिरिट (भावना) अनुसार पार्टीको भावी लाइन तय गर्ने हो भने विभागमा उहाँलाई अघि सार्नुको अर्थ छैन।’
बिहीबार बस्ने सचिवालय बैठकले स्कुल विभागसहित पार्टीका ३२ विभागको जिम्मेवारी तोक्ने तयारी छ। प्रचण्ड पक्ष हाल सत्ता सञ्चालनमा कुनै जिम्मेवारीमा नरहेका पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई विभागको जिम्मेवारी दिनुपर्ने अडानमा देखिन्छ। ‘उहाँ (पोखरेल) सरकारको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, विभागको नेतृत्व गर्ने भनेको नेताहरूको जिम्मेवारी तोक्ने कुरा पनि हो’, प्रचण्डनिकट स्रोतको भनाई छ।
स्थायी कमिटी सदस्य योगेश भट्टराई भने स्कुल विभागको जिम्मेवारीको विषयलाई लिएर दुई अध्यक्षमाथि बढाइएको दबाबलाई अनुचित भन्छन्। ‘उहाँहरू (पोखरेल र श्रेष्ठ) दुबै जिम्मेवारीमा हुनुहुन्छ। सरकारको जिम्मेवार मन्त्री र पार्टीको प्रवक्ता हुनुहुन्छ’, भट्टराई भन्छन्, ‘यो विभाग भनेको अध्ययन, अनुसन्धान गर्ने र पार्टीको नीति निर्माण गर्ने निकाय हो, यसका लागि समय दिनुपर्छ र त्यसै खालका नेताहरू चाहिन्छ।’
भट्टराईले विकल्पमा तीन नाम अघि सारे( घनश्याम भुषाल, बेदुराम भुषाल र राम कार्की। ‘उहाँहरूको नाम कसैले चर्चामा ल्याएको होइन, उहाँको कर्मले चर्चामा ल्याएको हो’, उनी भन्छन्, ‘ईश्वर कमरेड वा नारायणकाजी कमरेडलाई नेतृत्व दिने हो भने पनि सहमतिका आधारमा दिउँ तर उहाँहरूले आफूलाई भोलि पार्टी हाँक्ने वैकल्पिक नेतृत्वका रुपमा प्रस्तुत गर्ने हो भने सानो कुरामा किन दाबी गर्ने ?’
नेकपामा कार्य्विभाजन र जिम्मेवारी बाँडफाटमा भएका विषयमा फेसबुकबाट पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन्। योग्यता, क्षमता र रुचिका आधारमा जिम्मेवारी दिन, स्थायी रुपमा जिम्मेवारी नदिन, चक्रीय हिसाबमा जिम्मेवारी हेरफेर गर्न, वैज्ञानिक प्रणालीका आधारमा मूल्यांकन गरी पुरस्कार र दण्डको व्यवस्था गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
नेकपाकी स्थायी कमिटी सदस्य पम्फा भुषाल पनि सचिवालयका मात्र नभई स्थायी कमिटी र केन्द्रीय कमिटीका नेता पनि स्कुल विभागको नेतृत्व गर्न सक्षम रहेको बताउँछिन्। ‘हामी सबै विभागको नेतृत्व गर्न सक्षम छौँ, सचिवालयका नेताहरूमात्र होइन’, उनी भन्छिन्, ‘मिडियामा चर्चा भएका नामबाहेक पनि नेतृत्वले निर्णय गर्न सक्छ।’ उनले बिहीबार स्कुल विभागसहित सबै विभागको कार्य्विभाजन टुंगिने दाबी गरिन्।
तर ९ सदस्यीय सचिवालयमा नटुंगिएको विभाग नेतृत्वको विषय ४५ जना रहेको स्थायी कमिटीमा झारेर टुंगिएला भन्नेमा नेकपाकै नेताहरू विस्वस्त छैनन्। ‘स्थायी कमिटीका साथीहरूले पनि विभागमा दाबी गरेर सचिवालयलाई च्यालेन्ज गर्नु अन्यथा होइन’, नेकपाकै एक नेता भन्छन्, ‘तर पार्टी एकतालाई अन्तिम निष्कर्ष्तिर र्पुयाइसकेको नेतृत्वले सचिवालयमै मिलाउँछ भन्नेमा शंका छैन।’
नेकपाका केन्द्रीय सदस्य राम कार्की साँघुरो घेराबाट मनलाग्दी निर्णय गर्ने प्रवृत्ति जुनसुकै प्रत्यूत्पादक बन्न सक्ने बताउँछन्। ‘यो कुनै सिस्टममा आधारित छैन, केही नेताहरूले तजबिजीमा निर्णय गर्ने ठाउँमा के न्याय, के अन्याय ?’, उनी प्रश्न गर्छन्, ‘अहिले सबैजना उहाँहरूको निर्णयका अगाडि नतमस्तक छन् तर जुनसुकै बेला उहाँहरूका निर्णय अमान्य हुन सक्छन्।’ कार्की केन्द्रीय समितिबाट एउटा समिति बनाएर विभागहरूको नेता चुन्न दिनु राम्रो हुने बताउँछन्।
विभागमा भागबन्डा
नेकपाको अन्तरिम विधान २०७५ को धारा ३१ मा विभागसम्बन्धी व्यवस्था छ। नेकपाको नियमावलीमा ३२ विभाग रहने व्यवस्था छ। यी ३२ विभाग मध्ये १८ तत्कालीन एमाले र १४ तत्कालीन माओवादी केन्द्रले पाउने सहमति यसअघि नै नेकपामा बनिसकेको छ।
विभागमा सम्बन्धित पार्टी कमिटीका सदस्य प्रमुख र उपप्रमुख रहनेछन्। केन्द्रीय विभागमा पदाधिकारीसहित बढीमा ३५ जना, प्रदेश विभागमा पदाधिकारीसहित बढीमा २५ जना र जिल्ला तहका विभागमा पदाधिकारीसहित बढीमा १५ जना सदस्य रहने नियमावलीमा व्यवस्था छ।
अहिले कार्य्विभाजन हुन लागेका केन्द्रीय विभागका ३५ जनामा तत्कालीन एमालेबाट २० जना र तत्कालीन माओवादी केन्द्रबाट १५ जना सदस्य हुने पनि नेताहरूबीच सहमति भइसकेको छ। अन्नपूर्णपोष्टबाट
साउन १० गते शुक्रबारको राशिफल यस्तो छ, कुन राशिको कस्तो छ आजको दिन ?
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल
फेरि बाहिरियो साम्राज्ञीको यस्तो फोटो
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इण्डोनेसीयामा विदा मनाइरहेकी छिन् । तर विदा मनाउँदै गर्दा पनि उनले नेपालमा सामाजिक सञ्जालमा तरंग ल्याइरहेकी छिन् । उनले त्यहाँ सार्वजनिक गरेका हरेक फोटो अहिले नेपालमा भाइरल भइरहेको छ । ब्वाइफ्रेण्डसँग खुलेर रोमान्स गरिरहेकी छिन साम्राज्ञी अहिले बालीमा ।
त्यहाँ बिदा मनाइरहेका समय उनले सार्वजनिक गरेका केही फोटोहरुले उनलाई फिल्ममा अभिनय गरेका भन्दा बढि चर्चा परिचर्चा दिइरहेको छ ।सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको फोटोलाई लिएर नकरात्मक टिकाटिप्पणी पनि भइरहेको छ । तर यसलाई साम्राज्ञीले खासै वास्ता गरेकी छैनन् ।
उल्टै इन्स्टाग्राममार्फत ‘हात्ती चले बजार, कुत्ता भुके हजार’ पोष्ट गर्दै हल्ला गर्नेहरुलाई जवाफ दिएकी थिइन् । जति नै नकरात्मक टिप्पणी भए पनि उनलाई मतलव छैन बरु ब्वाईफ्रेण्ड मानिएका देवांश राणासँगका अरु अन्तरंग फोटो सार्वजनिक गरिरहेकी छिन् । फोटो सार्वजनिक भएसँगै फेरि उनको चर्चा सुरु हुन थालेको छ ।
अहिले उनले ब्वाईफ्रेण्डसँग गाडीमा चुम्बन गरिरहेको फोटो सार्वजनिक गरेकी छिन् । यो पछिल्लो फोटो सार्वजनिक भएसँगै फेरि उनको मनमौजी स्वभावको चर्चा सुरु भएको छ । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकिएपछि साम्राज्ञी बिदा बनाउन इण्डोनेसीयाको बाली पुगेकी हुन् ।
आलिया र रणवीरको विहे कहिले हुन्छ ?
चर्चित बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अहिले बलिउडका चर्चित लभ कपल हुन् । अहिले बलिउडमै बेष्ट मानिएको यो जोडीको विहेको समाचार सुन्न भने केही कुर्नु पर्ने भएको छ । केही समय अघि उनीहरुको विहेको तयारी भइरहेको र धुमधामका साथ हुने बताइएको थियो । तर आलियाका काका मुकेश भट्टले विहेको सबै समाचार झुटो भएको दावी गरेका छन् ।
मुकेशले आलिया र रणवीरको विहेको खबर सबै हावादारी भएको भन्दै कसले विहेको हल्ला चलाउँदो रहेछ भनेर उल्टै चासो देखाएका छन् । आलियाका भाई राहुलले पनि काका मुकेशको भनाईमा सही थप्दै दिदीको विहेको खबर साँचो नभएको भनेका छन् । राहुलले एक वेभसाइटलाई आलिया आफ्नो सौतेनी आमातर्फको दिदी भएको र सँगै नबस्ने भएकाले पनि त्यति धेरै थाहा नभएको उल्लेख गरेका छन् ।
यद्यपी राहुलले आफुलाई आलिया र रणवीरको जोडी आफुलाई मन पर्ने र विहे भइहाले निमण्त्रणा आएको खण्डमा आफुलाई बोलाइने बताए । केही समय अघि आलियाकी आमा पनि विहेको कुरालाई लिएर केही खुलेकी थिइन् । तर अहिले उनी पनि सेलाएर गइसकेकी छिन् । आलिय र रणवीरले आफ्ना निकटहरुलाई आफ्नो सम्बन्धको बारेमा नखुलाए पनि दुवैको सम्बन्धको बारेमा प्रायलाई थाहा भइसकेको छ । कतिपय स्थानमा दुवै सँगै पुग्ने गरेका छन् ।
हालसालै बाहिरिएको समाचारलाई मान्ने हो भने आलियाले फेसन डिजाइनर शव्य साचीँसँग विहेका लागि लेहेंगा अर्डर पनि गरिसकेकी छिन् । उनीहरु आगामी बर्षको शुरुवातमै विवाह बन्धनमा बाँधिने अड्कल पनि बलिउडवृत्तमा गरिएको छ । यसै बर्ष सम्पन्न फिल्मफेयर अवार्ड समारोहमा आलियाले सबैको सामु आफ्नो मनको कुरा पनि बताएकी थिइन् र रणविरलाई प्रस्ताब पनि गरेकी थिइन् । त्यसपछि उनिहरुलाइ धेरै ठाउँहरुमा सँगै पनि देखीएको छ ।
प्रतिक्रिया