दुई झरनालाई छाँगावरोहण पाठशाला बनाइदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
दुई झरनालाई छाँगावरोहण पाठशाला बनाइदै

सारांश

  • वालिङ, २८ भदौ  स्याङ्जाको वालिङ चार एलादीमा रहेका दुई झरनालाई छाँगावरोहण (क्यानोनिङ) पाठशालाका रुपमा विकास गरिने भएको छ ।
  • स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रुपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताउनुभयो ।
  • पर्वतारोहण, पदयात्रा, जलयात्रा, पाराग्लाइडिङगायतका साहसिक पर्यटकीय गतिविधि सँगसँगै नयाँ आकर्षणको रुपमा छाँगावरोहण खेलप्रति स्वदेशी विदेशीले चासो देखाएको सन्दर्भमा स्याङजामा यसको विकास गर्न खोजिएको हो ।

वालिङ, २८ भदौ  स्याङ्जाको वालिङ चार एलादीमा रहेका दुई झरनालाई छाँगावरोहण (क्यानोनिङ) पाठशालाका रुपमा विकास गरिने भएको छ ।स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रुपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताउनुभयो ।

पर्वतारोहण, पदयात्रा, जलयात्रा, पाराग्लाइडिङगायतका साहसिक पर्यटकीय गतिविधि सँगसँगै नयाँ आकर्षणको रुपमा छाँगावरोहण खेलप्रति स्वदेशी विदेशीले चासो देखाएको सन्दर्भमा स्याङजामा यसको विकास गर्न खोजिएको हो । नुवाकोट, लमजुङ, सिन्धुपाल्चोक, काठमाडौँ, कास्कीलगायतका जिल्लाका झरनामा व्यावसायिक छाँगावरोहण खेल सञ्चालनमा आएका छन् ।वालिङ्को खाल्टेखोला झरना तीन तहमा करीब ६० मिटर र वसन्ती रह झरनाको उचाइ २८ मिटर रहेको छ । बच्चाका लागि पनि लक्षित गरी केही महिनाभित्रैमा सोही ठाउँमा छाँगावरोहण गर्ने व्यवस्था समितिले मिलाउँदै छ ।

“ती दुई झरनामा हामीले छाँगावरोहणका क्षेत्रमा दक्ष प्राविधिकको समूहलाई उपस्थित गराएर अध्ययन गरेपश्चात् यसमा पहिलो र दोस्रो चरणको खेल सञ्चालन गर्न सकिने देखियो” अध्यक्ष खनालले भन्नुभयो, “प्राविधिकको सुझावकै आधारमा हामीले यसलाई यो साहसिक खेल सिक्ने क्षेत्रका रुपमा विकास गर्ने गरी स्थानीय १० जना युवालाई दुई चरणको तालीम दिइसकेका छौँ ।”

तालीम प्राप्त स्थानीय युवालाई केही दिनमै स्नातक तहको तालीममा सहभागी गराएर उनीहरुबाटै यी झरनामा व्यावसायिकरुपमा सो खेल सञ्चालन गर्ने समितिले तयारी गरेको छ ।यो ठाउँमा छाँगावरोहणका लागि स्वदेश मात्र नभएर इण्डोनेशिया, भियतनाम, स्वीडेन, डेनमार्कलगायतका ठाउँबाट विदेशी पर्यटक आउने गरेका छन् । “यी झरनामा छाँगावरोहणको सफल परीक्षण सम्पन्न भइसकेकाले हामीले भौतिक तथा अन्य पूर्वाधार निर्माण तीव्र गतिमा गरिरहेका छौँ” अध्यक्ष खनालले भन्नुभयो, “अब हामी व्यावसायिक तबरले अगाडि बढ्छौँ र प्रचारप्रसारलाई तीव्रता दिन्छौँ ।”

छाँगावरोहणका लागि आउने आन्तरिक तथा बाह्य पाहुनालाई घरबासका रुपमा ख्याति कमाइसकेको सुन्तलाबारी होमस्टेमा बस्ने व्यवस्था मिलाइएको छ । त्यसले पनि यहाँको आर्थिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बढेर जाने वडा नं ४ का अध्यक्ष रनध्वज गुरुङले दाबी गर्नुभयो ।‘स्मार्ट सिटी’को अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले त्यसको लागि विभिन्न १९ वटा सूचकमध्ये साहसिक खेल तथा पर्यटनलाई एउटा सूचकका रुपमा राखेर योजना बनाएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोरको नाममा राजनीति गर्न नपाइने
फोहोरको नाममा राजनीति गर्न नपाइने
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
कञ्चनपुरमा साेमबार साँझ देखि मंगलबार बिहानसम्म कर्फ्यु !
कञ्चनपुरमा साेमबार साँझ देखि मंगलबार बिहानसम्म कर्फ्यु !
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
माओवादी छोडेर एमाले प्रवेश गरेकालाई प्रचण्डको किन यस्तो भने ?
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !