दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०८२
|
|
६३ पटक हेरिएको
Shares
दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालिएको पुष्टि गर्न चुनौति दिएको छ ।
  • आज (आइतबार) प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलन पूर्व दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको लगायतको आरोप प्रमाणित गर्न चुनौति दिएका हुन् ।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालिएको पुष्टि गर्न चुनौति दिएको छ । आज (आइतबार) प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलन पूर्व दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको लगायतको आरोप प्रमाणित गर्न चुनौति दिएका हुन् ।

‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’– प्रचण्डको सचिवालयले भनेको छ ।

केही सञ्चार माध्यमहरुमा जेन–जी आन्दोलनभन्दा अघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालेर लगिएको वक्तव्यहरु आएका थिए । सोही वक्तव्यको खण्डण गर्दैै प्रचण्डको सचिवालयले आरोप प्रमाणित गर्न चुनौति दिएको हो । प्रचण्डको सचिवालयले नेतृत्वविरुद्ध नियोजित ढङ्गले तथ्यहीन र चरित्रहत्या गर्ने सामग्री प्रवाह गरिएको भन्दै खेद प्रकट गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थापा र शर्माकाे भिडन्त !
थापा र शर्माकाे भिडन्त !
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
आज देशभरको मौसम कहाँ कस्तो ?
आज देशभरको मौसम कहाँ कस्तो ?
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
संघीय र प्रदेश गृहमन्त्रीको बैठक : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय
संघीय र प्रदेश गृहमन्त्रीको बैठक : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय
UN chief condemns suicide attack near polling station in Pakistan
UN chief condemns suicide attack near polling station in Pakistan
विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु
विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु