पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन् ।
  • सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गरे ।

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गरे । पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् ।

उदघाटनका अवसरमा खड्काले भन्नुभयो, “हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ । यस सेन्टरसँग सहकार्य गर्दै हामी राम्रा खेलाडी उत्पादन गर्छौं ।”

एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले क्रिकेट एक्सिलेन्स सेन्टर र विद्यालयमा निर्माण गरिएको सुविधासम्पन्न प्रशिक्षण स्थलले क्रिकेट विकासमा केही सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण एक्लिए भट्टराई
यसकारण एक्लिए भट्टराई
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
देउवा सरकारले गरेको गलत निर्णयहरु अस्वीकार्य हुने : एमाले
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
‘सुनकेसरी’ टिजर सार्वजनिकः हेर्नुहोस् ऋचाको हरर रुप
‘सुनकेसरी’ टिजर सार्वजनिकः हेर्नुहोस् ऋचाको हरर रुप
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि

तपाईंले छुटाउनुभयो कि?