दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ३, २०७६
|
|
२० पटक हेरिएको
Shares
दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

सारांश

  • धादिङ।
  • २ नाबालक छोरासहित एक दम्पतीले त्रिशुलीमा हाम्फालेका छन् ।
  • हाम्फालेका ४ जनामध्ये श्रीमानको मात्र उद्धार गर्न सकिएको छ ।

धादिङ। २ नाबालक छोरासहित एक दम्पतीले त्रिशुलीमा हाम्फालेका छन् । हाम्फालेका ४ जनामध्ये श्रीमानको मात्र उद्धार गर्न सकिएको छ । श्रीमतीको शव भेटिएको छ । २ वर्ष र ४ महिनाका २ छोरा बेपत्ता छन् । बेपत्ता नाबालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बादरेमोड छेउबाट काठमाडौं चन्द्रागिरी नगरपालिका थानकोट घर भएका ३५ वर्षका विनय लामिछाने र २७ वर्षकी जमुना रेग्मी लामिछानेले २ वर्षका बिजन लामिछाने र नाम राख्नै बाँकी भएका ४ महिनाका छोरा साथैमा लिएर बिहीबार साँझ ७ बजेतिर त्रिशुली नदीमा हेलिएका थिए । घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु बेपत्ता छन् ।

श्रीमान विनयलाई भने स्थानीयले जीवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जीवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
सुपथ मूल्यको पसल सञ्चालनमा
सुपथ मूल्यको पसल सञ्चालनमा
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?
भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
अत्यावश्यक बाहेक ठूला मालवाहक सवारी काठमाडौं प्रवेशमा रोक
अत्यावश्यक बाहेक ठूला मालवाहक सवारी काठमाडौं प्रवेशमा रोक
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ

तपाईंले छुटाउनुभयो कि?