महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २९, २०७८
|
|
४७ पटक हेरिएको
Shares
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मंगलवार प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
  • सत्ता समिकरणमा निर्णायक बनेको जसपा यतिवेला दुई धारमा विभाजित भएको छ ।
  • जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्नेगरि प्रयास गरेको बेला ठाकुर भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा उभिएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मंगलवार प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्ता समिकरणमा निर्णायक बनेको जसपा यतिवेला दुई धारमा विभाजित भएको छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्नेगरि प्रयास गरेको बेला ठाकुर भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा उभिएका छन् । त्यसको संकेत उनले हिजो प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेबेला तटस्थ बसेर देखाईसकेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री ओलीको सल्लाहमै आफूलाई तटस्थमा उभ्याएको अड्कलबाजी भैरहेको छ ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान भैसकेको अवस्था छ । तर, बालुवाटार भने विपक्षी गठबन्धनको सरकार नबन्नेमा ढुक्क छ । जसपाको ठाकुर पक्षले विपक्षी गठबन्धनलाई सहयोग नगर्ने भनेर सार्वजनिक रुपमै भनिसकेको छ । यही बीचमा मंगलवार प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको हो । जसपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारमा आउनको लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित सरकारमा ठाकुरलाई नै सहभागी हुन पनि प्रस्ताव गरेको स्रोतको दाबी छ । ठाकुरले पनि सरकारमा नजाने भनेर ठ्याक्कै भनिसकेको छैनन् । तर, त्यसको लागि आफूहरुले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने उनको शर्त छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ पकेटमारको कोडभाषा केटालाई छापा र केटीलाई भद्री
यस्तो छ पकेटमारको कोडभाषा केटालाई छापा र केटीलाई भद्री
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ