दूतावास बोलाएर भारतीय राजदूतले दिए राजपा नेपाललाई यस्तो सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
दूतावास बोलाएर भारतीय राजदूतले दिए राजपा नेपाललाई यस्तो सुझाव

सारांश

  • काठमाडौं– भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जानका लागि सुझाव दिएका छन् ।
  •  राजदूत पुरीले मंगलबार राजपा नेपालका नेताहरुलाई लैनचौरस्थित भारतीय दूतावास बोलाएर चुनावमा जान सुझाव दिएका हुन् ।
  • छलफलका क्रममा पुरीले  असोज २ गते तेस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा जाने कि नजाने भन्नेबारेमा नेताहरुसँग  जिज्ञासा राखेका  थिए ।

काठमाडौं– भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जानका लागि सुझाव दिएका छन् । राजदूत पुरीले मंगलबार राजपा नेपालका नेताहरुलाई लैनचौरस्थित भारतीय दूतावास बोलाएर चुनावमा जान सुझाव दिएका हुन् ।

छलफलका क्रममा पुरीले  असोज २ गते तेस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा जाने कि नजाने भन्नेबारेमा नेताहरुसँग  जिज्ञासा राखेका  थिए । सरकारले संविधान संशोधनको विषय निर्णयार्थ पेश गरेर टुग्यांउन चाहेको र  अन्य मागहरु पनि पूरा गर्ने देखिएकाले  चुनावमा जाने कि नजाने भन्ने पुरीको जिज्ञासा थियो ।

जवाफमा राजपा नेपालका नेताहरुले सरकारले माग पूरा गर्नेमात्रै भन्ने तर  कार्यान्वयन नगर्ने गरेकाले माग पूरा नभएसम्म चुनावमा नजाने बताएका थिए ।

‘संविधान संशोधन विधेयक निर्णायर्थ पेस गरे त्यसबाट आउने परिणाम स्वीकार्छौं, तर विधेयक मधेशवादी दलको होइन, सरकारको हो, त्यसलाई पास गराउने दायित्व पनि सरकारकै हो’, बैठकमा राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्यले भने, ‘पहिला त पेस होस्, अनि पास हुन्छ कि फेल हुन्छ त्यो बेला प्रयास गर्नुपर्छ, अहिले पेसै नगरिकन फेल हुन्छ भनेर हुँदैन, त्यस अलवा मुद्दा फिर्ता, बन्दी रिहाई, क्षतिपूर्तिलगायतका माग पूरा गरे चुनावमा जाने भनेका छौं तर यी माग पूरा नभए नजाने स्पष्ट छ ।’

राजपा नेपालका नेताहरुको कुरा सुनेपछि चुनावमा जाँदा नै राम्रो हुने सुझाव  राजदूत पूरीले दिएको राजदूतावास स्रोतले जनाएको छ । पार्टी एकीकरण भएपछिको अवस्थाको बारेमा पनि राजदूतले जिज्ञासा राखेको बताइएको छ ।

जवाफमा  नेताहरुले पार्टीलाई व्यवस्थित गर्ने कार्य भइरहेको र भोलिदेखि बैठक बस्न लागेको जानकारी गराएका थिए ।

पुरीसँगको छलफलमा महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिह भण्डारी, अनिल झा र  राजेन्द्र महतो सहभागि थिए । यस्तै  राजकिशोर यादव जिल्लामा रहेका कारण उनी सहभागि भएनन् ।

साभार : रातोपाटी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु
सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
ओली आजै प्रधानमन्त्री – नयाँ सरकार गठन प्रक्रिया शुरु
ओली आजै प्रधानमन्त्री – नयाँ सरकार गठन प्रक्रिया शुरु
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
इन्टरनेटमा बढाइएको मूल्य फिर्ता
इन्टरनेटमा बढाइएको मूल्य फिर्ता
गुल्मी सिमिचौर विमानस्थलमा जेठ २५ मा परिक्षण उडान हुने !!!
गुल्मी सिमिचौर विमानस्थलमा जेठ २५ मा परिक्षण उडान हुने !!!
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस
सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस

तपाईंले छुटाउनुभयो कि?