सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २१, २०७३
|
|
२८२ पटक हेरिएको
Shares
सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..

सारांश

  • काठमाडौँ – सरकारले बैशाखबाट सवारी साधनमा अत्याधुनिक नम्बरप्लेट जडान गर्ने भएको छ ।
  • यातायात व्यवस्था विभागले सवारी यातायात तथा व्यवस्थापन ऐन २०४९ मा गरिएको व्यवस्था अनुसार सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने तयारी गरेको हो ।
  • आगामी बैशाखबाट सवारी साधनहरुमा अत्याधुनिक नम्बर प्लेट राख्न सुरु हुने यातायात व्यवस्था विभागका प्रवक्ता डा.

काठमाडौँ – सरकारले बैशाखबाट सवारी साधनमा अत्याधुनिक नम्बरप्लेट जडान गर्ने भएको छ । यातायात व्यवस्था विभागले सवारी यातायात तथा व्यवस्थापन ऐन २०४९ मा गरिएको व्यवस्था अनुसार सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने तयारी गरेको हो ।

आगामी बैशाखबाट सवारी साधनहरुमा अत्याधुनिक नम्बर प्लेट राख्न सुरु हुने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताएका छन् ।

अत्याधुनिक नम्बर प्लेट बनाउने कामलाई तीव्रता दिइएको पनि विभागले जनाएको छ । ठेक्का प्रक्रिया पुरा गरी काम अघि बढाइएको विभागले जानकारी गराएको हो

। विभागले सवारी साधन हराउने र चोरी हुने सम्भावना बढदै गएपछि ती समस्या समाधानका लागि सवारी साधनमा अत्याधुनिक नम्वर प्लेट राख्ने योजना अघि बढाएको हो । सवारी साधनको व्यवस्थापनमा अत्याधुनिक नम्बर प्लेटले पनि सघाउ पु¥याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?