सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

सारांश

  • काठमाडौं।
  • ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ ।
  • गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ ।

काठमाडौं। ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ ।

गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ ।

उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ ।

त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ ।

तर, माओवादी केन्द्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको स्रोत बताउँछ । औपचारिकरूपमा कांग्रेसले पनि ती दुवै पदमा दाबी गर्दै आइरहेको छ ।

यस्तो अवस्थामा पहिलो मोडालिटीमा सरकार बनाँउदा राष्टपति कांग्रेस, प्रधानमन्त्री माओवादी केन्द्र, उपराष्ट्रपति माओवादी केन्द्र, सभामुख कांग्रेस, उपसभामुख एकीकृत समाजवादी र राष्ट्रिय सभा अध्यक्ष एकीकृत समाजवादीलाई दिने विषयमा छलफल भइरहेको छ । यही खाकालाई नै अन्तिम रूप दिनेगरी गठबन्धनमा छलफललाई गति दिने तयारी छ ।

‘पावर सेयरिङमा तीनवटा खाका तयार भएको छ, कांग्रेसले राष्ट्रपति लिने कि प्रधानमन्त्री भन्ने कुरा मुख्य हो, दुवै पदमा दाबी छाड्दा तयार गरिएको खाकाबाट नै सहमति निस्किन्छ,’ उच्च स्रोतले भन्यो, ‘कांग्रेसलाई राष्ट्रपति, माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा सहमति बन्न सक्छ ।’

गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, एकीकृत समाजवादीबाट झलनाथ खनाल तथा गठवन्धनकै सहयोगी डा. बाबुराम भट्टराईको नाम चर्चामा छ ।

यस्तै, प्रधानमन्त्रीमा कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आकांक्षा छ । बिहीबार प्रचण्डले बालुवाटारमा भएको शीर्ष तहको छलफलमा पनि देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बन्ने गरी सघाउन आग्रह गरेका छन् ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि अदृश्य रूपमा गठबन्धनभित्रै छ ।

यीमध्ये मुख्य तीन दल कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र नयाँ सरकार गठन र पावर सेयरिङका विषयमा औपचारिक तथा अनौपचारिक संवाद तीव्र छ ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष नेपाल बिरामी भएपछि औपचारिक रूपमा गठबन्धनमा सरकार गठन र पावर सेयरिङको संवादअघि बढ्न सकेको थिएन ।

तर, बुधबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुग्दा नेता त्रयबीच छोटो संवाद भएको थियो । सो क्रममा उनीहरूका बीचमा लोसपासहितका अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने विषयमा गठवन्धन बैठक बसेर निर्णय गर्ने सहमति भएको थियो ।

कांग्रेसको ३ पुसमा बसेको कार्यसम्पादन समितिको बैठकले भने आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रको बैठकले समेत आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थाल्ने निर्णय गरिसकेको छ ।

यस्तै एकिकृत समाजवादीले पनि राष्टपति र प्रधानमन्त्रीमध्ये एकमा अडान राख्ने निर्णय लिएको छ । यस्तो अवस्थामा नयाँ सरकार गठन र पावर सेयरिङका विषयमा देउवा, प्रचण्ड र नेपाल नै निर्णायक हुने छन् ।

सरकार गठनका लागि दाबी पेस गर्न दललाई राष्ट्रपतिले दिएको समय अब तीन दिन बाँकी छ । प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समय १० गते साँझ ५ बजे सकिँदै छ ।

गठबन्धन आबद्ध दलबीच सरकार गठनसहितका विषयमा प्याकेजमा नै सहमति गर्नेगरी आज पुनः छलफल हुँदै छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance registration

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    Binance推荐代码

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?