दृष्टिविहीन गिटी कुटेर परिवार पाल्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
४५ पटक हेरिएको
Shares
दृष्टिविहीन गिटी कुटेर परिवार पाल्दै

सारांश

  • बेनी (म्याग्दी), २७ भदौ ।
  • बेनी नगरपालिका– २ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको एउटा हातमा लठ्ठी र अर्को हातमा सधैँ हथौडा हुन्छ ।
  • एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उहाँको ठूलै जिम्मेवारी छ ।

बेनी (म्याग्दी), २७ भदौ । बेनी नगरपालिका– २ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको एउटा हातमा लठ्ठी र अर्को हातमा सधैँ हथौडा हुन्छ ।

एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उहाँको ठूलै जिम्मेवारी छ । आर्थिक अवस्था कमजोर तथा अरु कुनै काम गर्ने सीप नहुँदा दर्जीले गिटी कुटेर गुजारा चलाउँदै आउनुभएको छ ।

श्रीमती र छोराको सहारामा मजदुरीका लागि पुग्ने गरेका दर्जी गाउँकै सार्वजनिक जग्गामा छाप्रोमा बस्नुहुन्छ । दर्जीको अवस्था देखेका र हाल विदेशमा रहनुभएका प्रदीप सुवेदी, भूमिराज कार्कीलगायतले रु एक लाख ४० हजार संकलन गरी उहाँलाई सहयोग गर्नुभएको हो । दर्जीका दुई छोरा १२ र ६ कक्षामा अध्ययरत छन् ।

“गुजरा चलाउन गिटी कुट्छु । मेरो कमाइले घरमा बिहानबेलुकी चुलो बल्छ,” दर्जीले भन्नुभयो । छोराको पढाइका लागि बेनीका नरेश श्रेष्ठले वार्षिक रु १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएपछि दर्जीलाई केही राहत मिलेको छ । उहाँको कान्छो छोराको आँखा पनि कमजोर छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्रबाट प्राप्त हुने भत्ताले कान्छो छोराको आँखाका लागि नियमित औषधिको व्यवस्था गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

सार्वजनिक जग्गामा बनाएको छाप्रो नगरपालिकाले सडक विस्तार गर्न भत्काउने भएपछि दर्जी चिन्तित बन्नुभएको छ । “छाप्रो भत्काएपछि मेरो उठिवास हुन्छ,” उहाँले भन्नुभयो । दृष्टिविहीन भएकाले गिटी कुट्नबाहेक अरु केही गर्न नसक्ने दर्जीले सहयोगको याचना गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ
ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ
पहिलो चरणको निर्वाचन तयारी पूरा :  कांग्रेस
पहिलो चरणको निर्वाचन तयारी पूरा : कांग्रेस
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
शिल्पा शेट्टीको फिटनेस र डाइट मन्त्र
शिल्पा शेट्टीको फिटनेस र डाइट मन्त्र
बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार
बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
प्रचण्ड असुरक्षित महशुष गर्नुको कारण ?
प्रचण्ड असुरक्षित महशुष गर्नुको कारण ?