प्रधानमन्त्री फर्किएपछि यातायाताको भाडा बढाइने

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
प्रधानमन्त्री फर्किएपछि यातायाताको भाडा बढाइने

सारांश

  • काठमाण्डौ ।
  • सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो ।
  • बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी ८ नबज्दै विज्ञप्ति जारी गर्दै फिर्ता गरेको हो ।

काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी ८ नबज्दै विज्ञप्ति जारी गर्दै फिर्ता गरेको हो । यता विभागले भाडा वृद्धि गरेलगतै किन फिर्ता ग¥र्याे भनेर अहिले आम चासोको विषय बनेको छ ।सार्वजनिक यातायातको बढाएको भाडा एक दिन नवित्दै फिर्ता लिएको छ । छोटो तथा लामो दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने गरिएको निर्णय एक दिन पनि टिकेन । वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको भनिएको थियो ।

भाडा बढाउने निर्णयको सामाजीक सञ्जाल तथा सबैतिर विरोध भयो । विरोधपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा भाडा समायोजन रोक्न आदेश आएपछि निर्णय फिर्ता लिईएको यातायात विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

प्रधानमन्त्री पनि स्वदेशमा नभएको अवस्था र संसदमा बजेटका विषयमा छलफल चलिरहेको साथै प्रतिपक्षीको विरोध पनि उत्तिकै छ । साथै सरकारले ल्याएको विभिन्न विधेयकहरु विवादमा छन् ।

यसै अवस्थामा भाडा वृद्धिको निर्णयले उपभोक्तालाई थप आक्रोश बनाउन सक्ने भन्दै फिर्ता लिईएको जनाईएको छ । साथै प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि मापदण्ड मिलाएर समायोजन गरिने खनालले बताएका छन् ।

अहिले तत्काललाई बढाउने निर्णय फिर्ता लिएपनि प्रधानमन्त्री स्वदेश फर्किपछि छलफल हुने उनले बताए । सरकारले दशैंअघि १० प्रतिशत भाडा बढाएको थियो । दशैंअघि भाडा बढाउँदा अध्ययन कमिटीको सिफारिसमा पुन भाडा समायोजन गर्ने भनिएको थियो ।

तर, विभागले अस्थाई रुपमा बढाएको भाडा बदर नगरी त्यही भाडामा नै थप हुने गरी बिहिबार भाडा बढाएको भन्दै कार्यबाहक प्रधानमन्त्रीले पछि हट्न सुझाएपछि भाडा घटाईएको हो ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं
भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
Key member resigns from Myanmar advisory panel on Rohingya crisis
Key member resigns from Myanmar advisory panel on Rohingya crisis
Sreeram hits the right note as a singer-actor
Sreeram hits the right note as a singer-actor
यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले  पत्र
यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले पत्र
महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’
महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक