जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई खोज्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ।
  • नेपाल प्रहरीका एसपी र सईले एक सातासम्म मलेसियामा जीबीलाई खोजे पनि फेला नगरेपछि खाली हात फर्किएको बताइएको छ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई खोज्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ। नेपाल प्रहरीका एसपी र सईले एक सातासम्म मलेसियामा जीबीलाई खोजे पनि फेला नगरेपछि खाली हात फर्किएको बताइएको छ।

‘जीबी मलेसियामा रहेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरीको टोली पठाइएको थियो । जिबीबारे केही पत्तो नलागेन। उहाँहरु हिजो (बुधबार) फर्किनुभयो,’ एक प्रहरी अधिकारीले बताए।

सहकारी ठगी मुद्दामा फरार रहेका जिबीमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?