चालु आर्थिक वर्षमै लाखौं युवालाई रोजगारीको अवसर : मन्त्री विष्ट
सारांश
- काठमाडौं, १४ असोज ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चालु आर्थिक वर्षभित्रै लाखौँ युवालाई रोजगारीको अवसर सिर्जना गर्ने दावी गरेका छन् ।
- मन्त्री विष्टले रोजगारीको अवसर सिर्जना गर्नेसम्बन्धी छलफलमा बोल्दै लाखौं युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने बताएका हुन् ।
काठमाडौं, १४ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चालु आर्थिक वर्षभित्रै लाखौँ युवालाई रोजगारीको अवसर सिर्जना गर्ने दावी गरेका छन् । मन्त्री विष्टले रोजगारीको अवसर सिर्जना गर्नेसम्बन्धी छलफलमा बोल्दै लाखौं युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने बताएका हुन् ।
आइतबार रोजगारीको अवसर सिर्जनाका लागि आवश्यक छलफल गर्न आफैले बोलाएको सरोकारवालासँगको अन्तरक्रियामा मन्त्री विष्टले शिक्षित जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न चुनौती देखिएको उल्लेख गरे । सो अवसरमा युवालाई रोजगारीको व्यवस्थापनका लागि केही नीतिगत निर्णय गर्ने सोचमा आफू रहेको स्पष्ट पारे । उनले शिक्षित युवाहरुलाई रोजगारीको अवसर दिने नीतिगत निर्णयबारे थप व्याख्या पनि गरेका थिए ।
मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई युवाहरुको साझा कार्यक्रमको रुपमा स्थापित गराउने स्पष्ट पारेका थिए । राजनीतिक पूर्वाग्रहबाट मुक्त राखेर सो कार्यक्रमलाई सबै युवाहरुको साझा गौरवको कार्यक्रमको रुपमा स्थापित गराउने योजना सुनाए ।
सरकारले ५ वर्षभित्र ५ लाख युवाहरुलाई रोजगारी दिने लक्ष्य लिएको छ । सोही योजनालाई प्रभावकारी बनाएर सबै युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।
प्रतिक्रिया