किसान चैते धानखेतीतर्फ आकर्षित…..

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
किसान चैते धानखेतीतर्फ आकर्षित…..

सारांश

  • कञ्चनपुर, २४ जेठ ।
  • बेलडाँडी गाउँपालिका झिलमिलाका किसान बर्खे धानभन्दा दोब्बर उत्पादन दिने चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।
  • छोटो अवधिमै बढी प्रतिफल दिने भएपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् ।

कञ्चनपुर, २४ जेठ । बेलडाँडी गाउँपालिका झिलमिलाका किसान बर्खे धानभन्दा दोब्बर उत्पादन दिने चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।

छोटो अवधिमै बढी प्रतिफल दिने भएपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् । माघको अन्तिम हप्ता बेर्ना राखेर फागुनको मध्य र चैतको पहिलो हप्ता चैते धानको रोपाइँ गर्ने किसानको सङ्ख्यामा यहाँ एक सय ५० भन्दाबढी रहेको छ ।

झिलमिलाका किसान ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्दै आएका छन् । स्थानीयवासी तेजबहादुर रावतले प्रतिवर्ष रु १८ हजार रकम तिर्ने गरी जग्गा भाडामा लिई चैते धानखेती गर्दै आउनुभएको छ ।

चैत महिनामा रोपेको धानको उत्पादन चार महिनामै ३० बोरा बढी हुने गरेको उहाँले बताउनुभयो । “परम्परागत धानबालीको तुलनामा आधुनिक तरिकाले चैते धानको खेती गर्दा उत्पादनमा वृद्धि हुने गरेको छ,” उहाँले भन्नुभयो । उहाँले चैते धानबारे तालिम समेत लिनुभएको छ ।

दुई वर्षदेखि चैते धानखेतीमा संलग्न छविलाल सेजवाल रासायनिक मल, तोरीको पिना र पोटासको प्रयोग गरे चैते धानले अधिक उत्पादन दिने बताउनुहुन्छ । डेढ बिगाहा खेतमा गत वर्ष ४० बोरा धान फलेको उहाँले बताउनुभयो ।

महाकाली सिँचाइको नहर पुगेपछि यस क्षेत्रका किसानले चैते धानखेतीलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाका अन्य क्षेत्रका किसानले वर्षमा दुई बाली मात्रै भित्र्याउँदा झिलमिलाका किसानले वर्षमा चैते धान, बर्खे धान र गँहुबाली गरी तीन बाली भित्र्याउने गरेका छन् ।

चैते धानबालीकै कारण किसानको आयस्तरमा समेत वृद्धि हुँदै गएको छ । थोरै जग्गामा गरिने खेतीले परिवार पाल्न यहाँका किसानलाई विगतमा निकै सास्ती हुने गरेको थियो । अधिकांश किसान खेतीपाती सकेपछि भारतमा मजदुरीका लागि जाने गरेका थिए । “नहरको पहुँचसँगै चैते धानखेती गर्न सहज भएको हो,” स्थानीय गम्भीर बूढाले भन्नुभयो । किसानले चैते धान बिक्री गरेर रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेका उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार महाकाली सिँचाइको सुविधा पुगेका भीमदत्तनगरपालिकाको वसन्तपुर, बेदकोट नगरपालिकाको दैजी र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा गरी ८५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आएको छ । आव २०७२÷७३ देखि बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत चैते धानखेती गर्ने किसानलाई प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहन पुरुस्कार समेत दिने गरेको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।

पाँच हेक्टर क्षेत्रफलको नमुना ब्लक बनाई चैते धान उत्पादन गर्ने कृषक समूह र सहकारीलाई रु ५० हजार प्रोत्साहन पुरस्कार तथा १० वटा झार निकाल्ने मेसिन उपलब्ध गराएको जोशीले बताउनुभयो । कार्यालयले चार सय हेक्टर जग्गामा यस वर्ष प्रोत्साहन रकम दिने योजना बनाएको छ । किसानलाई यस वर्ष ४० क्विन्टल चैते धानको बीउ निःशुल्क उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

“मसिनो चामल आयात हुँदै आएकाले त्यसलाई निरुत्साहित गर्न चैते धानखेतीमा जोड दिइएको हो,” जोशीले भन्नुभयो । गत वर्ष कार्यालयले बेलडाँडी झिलमिलाका ३४ दशमलव १३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्ने ३७ किसानलाई रु एक लाख ९५ हजार प्रोत्साहन रकम उपलब्ध गराएको थियो ।

कार्यालयले बेलौरी नगरपालिकाका चैते धानखेती गर्ने छजना किसानलाई रु २२ हजार, झलारी कृष्णपुरका किसानलाई रु सात हजार पाँच सय, बेदकोटका पाँच किसानलाई रु २५ हजार र भीमदत्तनगरपालिकाका ३४ किसानलाई रु ९० हजार प्रोत्साहन रकम उपलब्ध गराएको थियो । किसानले हर्दिनाथ जातको चैते धानको खेती गर्दै आएका छन् । चैते धान काटेर भित्राएपछि किसानले सो जग्गामा तरकारी खेती र बर्खे धान रोप्ने गरेका छन । चैते धानको खेती कञ्चनपुरमा विसं २०५७ देखि गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गरिने
फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गरिने
पाटन औद्योगिक क्षेत्रको आगो १४ घण्टापछि नियन्त्रणमा
पाटन औद्योगिक क्षेत्रको आगो १४ घण्टापछि नियन्त्रणमा
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
विकास बैंकले शेयर कर्जा प्रवाह गर्दै
विकास बैंकले शेयर कर्जा प्रवाह गर्दै
आज राति चन्द्रग्रहण लाग्ने, दिउँसो २ बजेपछि भोजन निषेध !
आज राति चन्द्रग्रहण लाग्ने, दिउँसो २ बजेपछि भोजन निषेध !
कोरोना भाइरस : बेलायतमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध
कोरोना भाइरस : बेलायतमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध
टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?