दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३१, २०८१
|
|
१९ पटक हेरिएको
Shares
दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते

सारांश

  • दोलखा।
  • दोलखाको गौरीशंकर गाउँपालिका-४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
  • सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा गौरीशंकर ३ की ७५ वर्षीया काली शेर्पा र ५५ वर्षीया पसि शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ।

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका-४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा गौरीशंकर ३ की ७५ वर्षीया काली शेर्पा र ५५ वर्षीया पसि शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ।

गम्भिर घाइते दुवैको उपचारको क्रममा सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका निङमार तमाङ, निङमा शेर्पा, अनुश शेर्पा र डोमा शेर्पाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक शत्रुधन कुमार महतोले बताए। बोलेरो सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?