कोरोना उपचार कोषमा पूर्वराजाले २ करोड सहयोग गर्ने घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १८, २०७६
|
|
५२ पटक हेरिएको
Shares
कोरोना उपचार कोषमा पूर्वराजाले २ करोड सहयोग गर्ने घोषणा

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
  • पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गरेका हुन् ।
  • दुःख-कष्ट र आपत-विपदको घडीमा आफ्नो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा सहयोग गरिने पूर्वराजाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गरेका हुन् । दुःख-कष्ट र आपत-विपदको घडीमा आफ्नो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा सहयोग गरिने पूर्वराजाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने पनि बताए । लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसको सबैले पालना गर्नुृ पर्ने बताएका छन् । लकडाउनको बाध्यात्मक परिस्थितिलाई सबैले मान्नु पने विज्ञप्तिमा उनले उल्लेख गरे । महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पु¥याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति आफुहरु आभारी रहेको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?
स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …
स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …
एमाले–माओवादी एकता: वैशाख ९ को सम्भावना टर्‍यो, दुई अध्यक्षलाई जिम्मा
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान
सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
बाग्लुङमा ‘एक घर एक धारा’ अभियान !
बाग्लुङमा ‘एक घर एक धारा’ अभियान !
तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
इन्काउन्टरमाथि शंका : भारतकाे गोवामा पक्राउ, नेपालमा गोली !