कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
सारांश
- काठमाडौं।
- अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ।
- शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए।
काठमाडौं। अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ। शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए।
खेलको १० औं मिनेटमा डम्फ्रिसको पासमा नेदरल्यान्ड्सलाई डिपाएले अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डम्फ्रिसकै पासमा डेले ब्लाइन्डले अग्रता दोब्बर पारे। खेलको ७८औं मिनेटमा अमेरिकाका हाजी राइटले अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१औं मिनेटमा डम्फ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।
अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ। अमेरिका अघि मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै विदा भइसकेका थिए।
gratis binance-konto
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.