५० केजी जाँड बनाउने औषधी प्रहरीद्वारा बरामद !
सारांश
- हुम्ला, २७ वैशाख ।
- हुम्लाको सिमिकोट विमान स्थलबाट अन्दाजी ५० केजी जाँड बनाउने औषधी प्रहरीले बरामद गरेको छ ।
- बुधबार बिहान १० बजे सिमिकोट विमान स्थलमा सामान चेकजाँचका क्रममा उक्त औषधी भेटिएको प्रहरीले बताएकाे छ ।
हुम्ला, २७ वैशाख । हुम्लाको सिमिकोट विमान स्थलबाट अन्दाजी ५० केजी जाँड बनाउने औषधी प्रहरीले बरामद गरेको छ ।
बुधबार बिहान १० बजे सिमिकोट विमान स्थलमा सामान चेकजाँचका क्रममा उक्त औषधी भेटिएको प्रहरीले बताएकाे छ ।
नेपालगञ्जबाट समिट एयरको जहाजबाट लुकाई छिपाई गरी सिमिकोट विमान स्थलमा पु¥याएको जाँड बनाउने औषधी विमान स्थलबाट बरामद गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपनिरिक्षक रविन श्रेष्ठले जानकारी दिए ।
बरामद गरीएको औषधी जिल्ला स्थित सरोकारवाला निकायहरुको रोहबरमा जलाएर नष्ठ गरिने श्रेष्ठले बताए । जाँड बनाउने औषधी सिमिकोट ५ का एकराज भणडारीको रहेको र उनलाई बोलाएर अब देखि यो कार्य नगर्ने गरी कागजाँत गरेर पठाउने प्रहरी नायब उपनिरिक्षक श्रेष्ठले बताए ।
Naina Gurung
Chhi chhi chhi tonko ton suntaskari garda police milni bichara sidha sadha jantako bijog kya ramita Nepal police