राप्रपालाई तत्काल सरकारमा नल्याइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
राप्रपालाई तत्काल सरकारमा नल्याइने

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका लागि चार मन्त्रालय छुट्याए पनि उसलाई तत्काल सरकारमा नल्याउने भएका छन् ।
  • आजको कान्तिपुरमा खबर छ– अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककै मन्त्रीहरू मात्र हुने स्रोतले बतायो ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका लागि चार मन्त्रालय छुट्याए पनि उसलाई तत्काल सरकारमा नल्याउने भएका छन् ।

आजको कान्तिपुरमा खबर छ– अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककै मन्त्रीहरू मात्र हुने स्रोतले बतायो । प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । प्रचण्ड साउन ३० गते फर्कंदै छन् ।

संविधान संशोधनमा एकढिक्का नहुने भएपछि राप्रपालाई उपप्रधानमन्त्री दिन सत्ताघटक कांग्रेस र माओवादी दुवै तयार छैनन् । उपप्रधानमन्त्री नपाउने भएपछि सरकारमा जाने कि नजाने भन्नेमा राप्रपामा पनि मतान्तर छ । प्रधानमन्त्री देउवा पार्टीभित्रकै आन्तरिक व्यवस्थापनमा जुटेका छन् । कांग्रेस र माओवादीले २० मन्त्रालय भागबन्डा गर्ने सहमति बने पनि दुई दलले कति/कति लिने भन्ने टुंगो लागिसकेको छैन ।

कांग्रेसले माओवादीलाई ८ दिएर आफूले १२ मन्त्रालय लिने प्रयास गरिरहेको छ । माओवादीले न्यूनतम ९ मन्त्रालय दाबी गर्दै आएको छ । कांग्रेसले १२ मन्त्रालय पाए वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४ वटा दिने देउवाको तयारी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षलाई पनि एक/एक मन्त्रालय दिएर चित्त बुझाउन उनी लागिपरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?