वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !

सारांश

  • एमाले–माओवादी वाम गठबन्धनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको साझा घोषणापत्र सार्वजनिक गरेको छ ।
  • राजधानीको तीनकुने स्थित रोयल व्यंक्वेटमा एक कार्यक्रमको आयोजना गरी वाम गठबन्धनले आफ्नो साझा चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरुकाबीच संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरे ।

एमाले–माओवादी वाम गठबन्धनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको साझा घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको तीनकुने स्थित रोयल व्यंक्वेटमा एक कार्यक्रमको आयोजना गरी वाम गठबन्धनले आफ्नो साझा चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरुकाबीच संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दै माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्रको मुख्य मुख्य बुँदाहरुको विषयमा जानकारी गराए ।
– १० वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय ५ हजार डलर पुर्‍याउने,
– धनी गरिव बीचको खाडल पुरेर सन्तुलित समाजको निर्माण गर्ने,
– युवा तथा खेलकुदलाई विशेष प्राथमिकता दिने,
– सूचना प्रविधिलाई आम नागरिकमाझ पुर्‍याउने ,
-हुलाक सेवालाई आधुनिकीकरण गर्ने लगायतका ठोसठोस कार्ययोजना प्रस्तुत गरे ।

त्यस्तै एमाले अध्यक्ष ओलीले वाम गठबन्धनको घोषणापत्र चुनावी घोषणापत्र मात्रै नभएर राष्ट्र निर्माणको घोषणापत्र भएको उल्लेख गरे । उनले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति र स्थायीत्व र नेपालको समृद्धिको विषयमा पाँचवटा ग्यारेन्टी वाम गठबन्धनको घोषणापत्रमा भएको बताए । वाम गठबन्धनको उदेश्य महान र पवित्र भएकाले आफूहरुको घोषणापत्र सर्वाेत्कृष्ट भएको ओलीले दावी गरे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Parajuli

    अति राम्रो रहेछ

    Comment Author

    Tahal Subedi Laduk

    उखानेकाे र गुखानेकाे हावा कुरा मात्त हाे।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?
चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?
थाइ राजाले खोसे पत्नीको सबै राजकीय उपाधि
थाइ राजाले खोसे पत्नीको सबै राजकीय उपाधि
बालश्रम र बालविवाहमुक्त बनाउन माग
बालश्रम र बालविवाहमुक्त बनाउन माग
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी
रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी
किरात प्रदेश नाम राख्न मुख्यमन्त्री र प्रदेश सभामुख लाई २५लाख हस्ताक्षर सहित ज्ञापनपत्र
किरात प्रदेश नाम राख्न मुख्यमन्त्री र प्रदेश सभामुख लाई २५लाख हस्ताक्षर सहित ज्ञापनपत्र
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा
सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2

तपाईंले छुटाउनुभयो कि?