नदी सफाइबाट तीन टन फोहर संकलन

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नदी सफाइबाट तीन टन फोहर संकलन

सारांश

  • काठमाडौँ, ३ कात्तिक, नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ ।
  • काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो ।
  • उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध्यक्ष, त्रीपुरा संगम समाज तथा हनुमन्ते नदी सफाइ अभियानका सल्लाहकार स्व.

काठमाडौँ, ३ कात्तिक, नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध्यक्ष, त्रीपुरा संगम समाज तथा हनुमन्ते नदी सफाइ अभियानका सल्लाहकार स्व. रामकेशर बोगटीको निधनको आज १२औं दिनमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सफाइ कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्व. बोगटीका योजना तथा अधुरा काम सम्पन्न गर्नु नै उहाँको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोगटीले चलचित्रको माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउँदै चलचित्र क्षेत्रलाई व्यवसायिक तथा प्रतिस्पर्धी बनाउन सफल हुनुभएको बताउनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीयवासी गरी करीव २०० जना रहेको उक्त सफाइ अभियानबाट आज करीव तीन टन फोहर संकलन गरिएको मनोहरा सफाइ सम्पदा बचाउ महाअभियान तथा हनुमन्ते नदी सफाइका उत्प्रेरक रुद्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
विदेशी अपराधीको साढे तीन अर्ब संकटमा
विदेशी अपराधीको साढे तीन अर्ब संकटमा
१०० वर्ष पुग्न लागेका राष्ट्रका दुईजना ‘बा’
१०० वर्ष पुग्न लागेका राष्ट्रका दुईजना ‘बा’
ललिता निवास प्रकरण: अख्तियारबाट उन्मुक्ति पाएका नेपाल र भट्टराई अनुसन्धानको दायरामा
ललिता निवास प्रकरण: अख्तियारबाट उन्मुक्ति पाएका नेपाल र भट्टराई अनुसन्धानको दायरामा
आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ