दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने
सारांश
- काठमाडौ ।
- यसपालिको दसैमा सार्वजनिक यातायातको भाडादर नबढ्ने भएको छ ।
- पुरानै भाडादर निर्धारण हुने यातायात व्यवस्था विभागले जनाएको हो ।
काठमाडौ । यसपालिको दसैमा सार्वजनिक यातायातको भाडादर नबढ्ने भएको छ । पुरानै भाडादर निर्धारण हुने यातायात व्यवस्था विभागले जनाएको हो ।
यात्रुहरुको चापलाई ध्याना राखेर सवारी साधनको व्यवस्थापनमा विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए ।
सम्बन्धित यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी लगायतका सरोकारवाला निकाय तथा व्यक्तित्वहरूसँग अहिले विभागको छलफल चलिरहेको र केही दिन भित्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया