एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
२०३ पटक हेरिएको
Shares
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्

सारांश

  • एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ अहिले भिडिरहेका छन् ।
  • टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।
  • यो समाचार तयार पार्दासम्म हङकङले ७ ओभरमा विना विकेटको क्षतिमा ३० रन बनाएको छ ।

एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ अहिले भिडिरहेका छन् । टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।


यो समाचार तयार पार्दासम्म हङकङले ७ ओभरमा विना विकेटको क्षतिमा ३० रन बनाएको छ ।

नेपाली टोलीमा आज पनि केही परिर्वतन छ । ओपनर सुनिल धमलालाई ड्रप गरिरहेको छ भने आरिफ शेखलाई टिममा ल्याइएको छ । महबुब आलमको स्थानमा सुसन भारीलाई खेलाइएको छ ।

सागर पुन आज पनि टिममा छैनन् ।

नेपाल र हङकङ दुबै समूह चरणबाटै बाहिरिसकेका छन् । आजको खेल दुबैका लागि प्रतिष्ठाको लडाई हो । साथै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अब नेपाल र हङकङ खेल्ने भएकाले आजको खेल दुबै टोलीका लागि एक अर्काको कमजोरी थाहा पाउने उपयुक्त अबसर समेत हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?