मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
४५ पटक हेरिएको
Shares
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

सारांश

  • बागमती ।
  • हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरुमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।
  • सङ्घीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप लगाउने कार्य सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ ।

बागमती । हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरुमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।

सङ्घीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप लगाउने कार्य सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख डा व्रजकिशोर ठाकुरले खोप लगाउन ८४ जना भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित स्थानीय तहमा पठाइएको जानकारी दिए ।

स्थानीय पालिकाको मागअनुसार खोप वितरण गरिएको बताउँदै उनले दुर्गममा रहेको राक्सिराङ् गाउँपालिकाबाहेक नौवटा स्थानीय तहमा खोपसहित प्रविधिक पुगिसकेको र खोप लगाउने अभियान सुरु भएको बताए ।

हेटौँडा उपमहानगरपालिकामा रोग सङ्क्रमण भएका तथा लक्षण देखिएका पशुका लागि १० हजार पाँच सय, वकैया गाउँपालिकाका लागि पाँच हजार, बागमती गाउँपालिकाका लागि तीन हजार खोप पठाइएको बताइएको छ ।

त्यसैगरी, कैलाश गाउँपालिकाका लागि एक हजार, थाहा नगरपालिकाका लागि पाँच हजार, मनहरि गाउँपालिका लागि सात हजार पाँच सय, भीमफेदी गाउँपालिका लागि तीन हजार, इन्द्रसरोवर गाउँपालिकाका लागि एक हजार पाँच सय, मकवानपुरगढी गाउँपालिकाका लागि आठ हजार पाँच सय खोप निःशुल्क रुपमा लगाउने कार्य सुरु भएको सो कार्यालयले जनाएको छ । तर राक्सिराङ् गाउँपालिकाका लागि एक हजार खोप पठाउनका लागि छुट्याए पनि हाल पठाउन नसकिएको र पछि पठाउने प्रमुख डा. ठाकुरले भने । खासगरी गर्मीे मौसममा खोरेत रोग पशुमा लाग्ने गर्दछ । यस रोगबाट पशुको खुटा र मुखमा तथा छालामा घाउ हुने, फोका हुने, खान, बस्न र हिडँडुल गर्न समस्या हुने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सद्दे खुट्टाको अप्रेसन गर्ने दुई डाक्टरको लाइसेन्स खारेज गर्न दबाब
सद्दे खुट्टाको अप्रेसन गर्ने दुई डाक्टरको लाइसेन्स खारेज गर्न दबाब
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी
सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण
प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
लुटपाटमा चालकको आखाँ फुट्यो
लुटपाटमा चालकको आखाँ फुट्यो
जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी