नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

सारांश

  • काठमाडौँ, ३ वैशाख  ।
  •    नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ ।
  • तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारेमा चर्चा हुने भएकाले नेपालको पर्यटकीय आकर्षणका बारेमा जानकारी गराई त्यहाँका टुर अपरेटर, ट्राभल एजेन्ट्स लगायतका पर्यटन व्यवसायीसँग बी टू बी छलफल गरिने नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

काठमाडौँ, ३ वैशाख  ।   नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ ।

तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारेमा चर्चा हुने भएकाले नेपालको पर्यटकीय आकर्षणका बारेमा जानकारी गराई त्यहाँका टुर अपरेटर, ट्राभल एजेन्ट्स लगायतका पर्यटन व्यवसायीसँग बी टू बी छलफल गरिने नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

नेपालका दश वटा ट¬«ाभल तथा टुर कम्पनी, नेपाल पर्यटन बोर्डको सहभागिता रहने सो मेलामा नेपालले आफ्नो छुट्टै स्टलमार्फत नेपाली शैली, परम्परा र संस्कृति तथा समग्र नेपाल बारेमा खासगरी चिनियाँ पर्यटकको ध्यानाकर्षण गराउने नाट्टाका प्रेस संयोजक सुदर्शन नेपालले बताउनुभयो ।

छिमेकी राष्ट्र चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सके सन् २०२० सम्म १५ लाख पर्यटक आगमनको लक्ष्य सजिलै पुग्ने बताउँदै अध्यक्ष पाण्डेले नेपालको सगरमाथा र लुम्बिनीका बारेमा पर्यटन मेलामा बढी जानकारी गराइने र चीनका सीमानाका खोल्न पहल गरिने उल्लेख गर्नुभयो ।
नाट्टाले सन् २००५ देखि चीनमा आयोजना हुने पर्यटन मेलामा भाग लिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
जेठ १४ गते बुधबारको राशिफल यस्तो छ
जेठ १४ गते बुधबारको राशिफल यस्तो छ
पायलको जमानतमा रिहाइ
पायलको जमानतमा रिहाइ
घोराही उपमहानगरमा एमालेको अग्रता
घोराही उपमहानगरमा एमालेको अग्रता
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ
कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ
अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य
अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर