नारायणकाजी श्रेष्ठले स्वीकारे हार

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नारायणकाजी श्रेष्ठले स्वीकारे हार

सारांश

  • माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  हार स्विकारेका छन् ।
  • उनले नयाँ शक्तिका संयाेजक डा.
  • बाबुराम भट्टलाईलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका छन् ।

माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  हार स्विकारेका छन् । उनले नयाँ शक्तिका संयाेजक डा. बाबुराम भट्टलाईलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्-‘मेरो क्षेत्रको निर्वाचन परिणाम जे जस्तो भएपनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अबिचलित रहि मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहनेछु।सम्पुर्ण नेपाली जनता र गोर्खाका जनताको सेवामा समर्पित रहनेछु ।’

उनीहरू दुबै जना माअाेवादी पार्टीमा रहदा पूर्व सहकर्मी हुन् ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ को ‘क’ प्रदेश सभामा नयाँ शत्तिका हरिशरण आचार्य विजयी भएका छन् । माओवादीका उम्मेदवार कमला नहर्कीलाई ३ हजार दुई सय ७८ मत अन्तरले पछि पार्दै उनी विजयी वनेका हुन् ।

आचार्यले १५ हजार ३ सय ४३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी माओवादीकी नहर्कीले १२ हजार ६५ मत ल्याएकी छिन् । लोकतान्त्रीक गठवन्धनबाट उमेदवार वनेका आचार्यलाई काँग्रेसको साथ थियो भने वाम गठन्धनबाट उमेदवार वनेका माओवादी केन्द्रकी नहर्कीलाई एमालेले साथ दिएको थियो ।

तत्कालीन माओवादी जनयुद्धमा लागेर राजनिति सुरु गरेको आचार्य भट्टराईले नयाँ शक्ति पार्टी खोलेसँगै माओवादीबाट वाहिरिएका थिए । उनी हाल नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य छन् । उनी विजयी भएपनि मुख्य निर्वाचनको कार्यालयले औपचारीक घोषणा भने गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?