नारायणी किनारमा नेपथ्यको ब्यान्ड, अमृत गुरुङले उफारे 

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नारायणी किनारमा नेपथ्यको ब्यान्ड, अमृत गुरुङले उफारे 

सारांश

  • चितवन, माघ ३ ।
  • सोमबार साँझ (माघे संक्रान्ती) को दिन नारायणी नदी किनारमा दर्शकश्रोताले तीन सहरको म्युजिकल टुरमा निस्केको नेपथ्य ब्यान्ड दोस्रो प्रस्तुति हेर्नसँगै सुन्न पाए ।
  • लोकरक ब्यान्डका कर्णप्रिय गीतहरु गाउँदै नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले करिब ७ हजार दर्शकश्रोतालाई भरपुर मनोरन्जन दिए ।

चितवन, माघ ३ । सोमबार साँझ (माघे संक्रान्ती) को दिन नारायणी नदी किनारमा दर्शकश्रोताले तीन सहरको म्युजिकल टुरमा निस्केको नेपथ्य ब्यान्ड दोस्रो प्रस्तुति हेर्नसँगै सुन्न पाए ।

लोकरक ब्यान्डका कर्णप्रिय गीतहरु गाउँदै नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले करिब ७ हजार दर्शकश्रोतालाई भरपुर मनोरन्जन दिए ।

ब्यान्डका अगुवा गायक अमृत गुरुङले सुरुआत गरेका थिए ‘कुरूप अनुहार’ गीतमार्फत । दर्शकश्रोताको भीडमा उनले ‘भेडाको ऊनजस्तो’ ले उफारे । ‘छेक्यो छेक्यो’ र ‘आँगनैभरि’ गाउने क्रममा उनले ब्यान्ड स्थापनाताका कुरा पनि सुनाए ।

अमृतले ‘शिरफूल शिरैमा,’ ‘लामपाते सुर्ती,’ ‘चरी र्मयो,’ ‘जोमसोमै बजारमा,’ ‘जोगले हुन्छ भेट’ गाउँदै दर्शकश्रोतालाई उत्साहित बनाइरहे । भीडमा नचाच्ने कोही भएन । रात छिप्पिँदै गए पनि स्टेजको रंगीन प्रकाशले नदीकिनारलाई झिलीमिली बनाइरहेको थियो ।

अमृतले ‘तिमी पनि नेपाली,’ ‘यो जिन्दगानी,’ ‘कोशीको पानी,’ ‘हिमाल चुचुरे,’ ‘मै नाचेँ छमछमी’ गाइरहँदा दर्शकदीर्घाबाट ‘रेशम’ र ‘तालको पानी..’ गाउन फर्माइस आइरहयो । उनले फर्माइस पूरा गर्न बिर्सिएनन् । उनले ‘गाउँगाउबाट उठ’ गाउनुअघि डा. गोविन्द केसीलाई सम्झिए । चिकित्सा क्षेत्र सुधारका निम्ति अनशन बस्दै आएका केसीको अभियानमा आफ्नो समर्थन रहेको उनले खुलेर सुनाए ।

लाइभ कन्सर्ट’ मा ब्यान्डका पुराना सदस्यहरूको सम्झनारूपी तस्बिरसहितको भिडियो पनि देखाइयो ।

उनले चन्द्र र सूर्य झन्डामा कसैले पनि दाग लगाउन नपाओस् भन्दै ‘रातो र चन्द्रसूर्य’ गीत गाउँदै कन्सर्टको बिट मारे । राति आठ बजेसम्म उनले लगातार २० गीत गाए ।
नेपथ्य अहिले २५ औं स्थापना दिवस मनाइरहेको छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?