अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

सारांश

  • कलैया ।
  • जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएक छन् ।
  • बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए ।

कलैया । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएक छन् ।

बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए ।

“मधेसी जनताको भवनामाथि खेलवाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावना अनुसार अगाडि बढ्छ”, उनले भने ।

सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि सङ्घीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए । सङ्घीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनिल यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष राउतले टिका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?