निर्माणाधीन घरमा युवक मृत भेटिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १५, २०७७
|
|
२८ पटक हेरिएको
Shares
निर्माणाधीन घरमा युवक मृत भेटिए

सारांश

  • गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
  • मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
  • घटनाका बारेमा थप अध्ययन भइरहेको छ ।

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले राससलाई जानकारी दिनुभयो । घटनाका बारेमा थप अध्ययन भइरहेको छ ।

स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिनुभएको थियो । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताउनुभयो । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे ।

शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताउनुभयो । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उहाँले बताउनुभयो । निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए ।

मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दाबन्दी शुरु भएपछि आत्महत्या गर्नेको सङ्ख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु
धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित
सरकारको नीति तथा कार्यक्रमः स्पष्ट भिजन, अस्पष्ट कार्यक्रम
सरकारको नीति तथा कार्यक्रमः स्पष्ट भिजन, अस्पष्ट कार्यक्रम
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
विवाहको अघिल्लो रात बेहुला भागेपछि…
राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
छोराले बिहे गर्दा बाबुआमा कुटिए
छोराले बिहे गर्दा बाबुआमा कुटिए
काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो
काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो
यि हुन एसईई परिक्षाको बोर्ड फस्ट भएको दावी गर्ने मल्ल
यि हुन एसईई परिक्षाको बोर्ड फस्ट भएको दावी गर्ने मल्ल

तपाईंले छुटाउनुभयो कि?