आज पनि पानी पर्ने, उच्च पहाडी भेगमा हिउँ
सारांश
- काठमाडौं ।
- पश्चिमी वायुको न्युन चापीय प्रणालीका कारण बिहीबारदेखि देशभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ ।
काठमाडौं । पश्चिमी वायुको न्युन चापीय प्रणालीका कारण बिहीबारदेखि देशभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।
पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइएकी छिन् । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै पूर्वतिर भने शनिबार पनि अहिलेको जस्तै बदलीरहनेछ । आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।
काठमाडौं आसपासका क्षेत्रमा आज दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने महाशाखाले जनाएको छ । दिनभर लगातार वर्षा भने हुँदैन, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुनेछ ।
शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।
(Xanax)
प्रतिक्रिया