यसरी छानिए प्रहरी नेतृत्वमा दुई खनाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
यसरी छानिए प्रहरी नेतृत्वमा दुई खनाल

सारांश

  • सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व छनोट गरेको छ।
  • बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाललाई बढुवा गरेको हो।
  • गृह मन्त्रालयको प्रस्तावमा खनालद्वयलाई बिहीबारदेखि लागू हुने गरी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षकमा बढुवा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व छनोट गरेको छ। बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाललाई बढुवा गरेको हो।

गृह मन्त्रालयको प्रस्तावमा खनालद्वयलाई बिहीबारदेखि लागू हुने गरी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षकमा बढुवा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

नेपाल प्रहरीमा सर्वेन्द्र २६ औं महानिरीक्षक हुनेछन् भने सशस्त्रमा शैलेन्द्र १० औं महानिरीक्षक बन्ने भएका छन्। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ बुधबारदेखि ३० वर्षे सेवा अवधिका कारण सेवानिवृत्त हुँदै छन्। उनीहरू सेवानिवृत्त हुनु एक दिनअघि सरकारले २९ चैतदेखि लागू हुने गरी दुवै प्रहरीमा नयाँ महानिरीक्षकमा बढुवा गरेको हो।

यसरी भयो छनोट

मंगलबार बिहान ९:३० मा बालुवाटारमा मन्त्रिपरिषद्को पहिलो बैठक डाकिएको थियो। दुवै प्रहरीमा कसलाई आईजीपी बनाउने भन्नेमा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेकाले मन्त्रिपरिषद् बैठकमा यो विषयमा कुनै निर्णय हुन सकेन। बैठक स्थगन गरियो। बिहानको बैठक स्थगन भएपछि प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा गृहमन्त्री रामबहादुर थापाबीच छुट्टै बैठक बसेर प्रहरीका दुवै निकायमा बढुवा हुने भावी महानिरीक्षकको नाम टुंग्याएका थिए।

उनीहरूबीच आईजीपी बनाउने विषयमा सहमति भएपछि मंगलबार साँझ ७:३० मा बालुवाटारमा पुनः मन्त्रिपरिषद्को बैठक बसेर निर्णय लिएको हो।

आजको अन्नपुर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?