नुवाकोटको तीन स्थानमा काँग्रेस, एकमा एमाले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
७८३ पटक हेरिएको
Shares
नुवाकोटको तीन स्थानमा काँग्रेस, एकमा एमाले

सारांश

  • नुवाकोट, ४ जेठ ।
  • नुवाकोटको चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
  • तीन स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेदवार र एक स्थानीय तहमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् ।

नुवाकोट, ४ जेठ । नुवाकोटको चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । तीन स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेदवार र एक स्थानीय तहमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । किस्पाङ गाँउपालिकाको अध्यक्षमा काँग्रेस उम्मेदवार छत्रबहादुर लामा दुई हजार ५६८ मत ल्याएर अध्यक्षमा र मायाँदेवी न्यौपाने दुुई हजार ३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

दुप्चेश्वर गाँउपालिकाको अध्यक्षमा योवीन्द्रसिंह लामा र उपाध्यक्षमा अञ्जु आचार्य विजयी हुुनुभएको छ । अध्यक्षमा लामाले तीन हजार ५१४ मत र उपाध्यक्षमा आचार्यले तीन हजार ९४३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

यस्तै, तादी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा इश्वरी उप्रेती विजयी हुनुभएको छ । अध्यक्ष पाण्डेले तीन हजार ९० मत र उपाध्यक्ष उप्रेतीले तीन हजार १५६ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यस्तै, तार्केश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रमेश वस्ती तीन हजार ६१६ र उपाध्यक्ष तारा रिमाल तीन हजार ५३५ मत ल्याएर निर्वाचित हुनुभएको हो । नुवाकोटमा रहेका १२ मध्ये बाँकी आठ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?