नेकपाको चियापन बुधबार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
५० पटक हेरिएको
Shares
नेकपाको चियापन बुधबार

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।
  •  काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।
  • पार्टीका महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने पनि विज्ञप्तिमा जनाइएको छ । रासस

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नैतिक शिक्षाको अभावमा मानवता हरायो
‘नैतिक शिक्षाको अभावमा मानवता हरायो
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या
बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
लायन्स क्लब अफ नेपाल शेर्पाजले बाँड्यो पीपीइ सेट
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन
थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन
मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु
मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु