बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
२५ पटक हेरिएको
Shares
बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या

सारांश

  • अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
  • अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिनु भएको बताए ।
  • दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।

अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिनु भएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।

आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए ।

उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् । हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ ।

मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् ।

गत नोभेम्बर महिनामा मात्र झण्डै ४४ जनामाथि भएका व्यक्ति–लक्षित आक्रमणमा ज्यान गइसकेको छ ।–सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने
बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
आइतवार १३ सय ८८ जना कोरोना संक्रमित थपिए
आइतवार १३ सय ८८ जना कोरोना संक्रमित थपिए
ऐन कसिलो नहुँदा सिक्काको दुरुपयोग बढ्दाे !
ऐन कसिलो नहुँदा सिक्काको दुरुपयोग बढ्दाे !

तपाईंले छुटाउनुभयो कि?